२०७९ भाद्र १
  • काठमाडौँ

कर्णालीमा फ्लोर क्रस गर्ने सांसदले ३ करोड लिएको खुलासा

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार जोगाउन माधव नेपाल समूहले १२ करोड लिएको खुलेको छ ।

शुक्रवार भएको प्रदेशसभा मतदानमा माधव नेपाल समूहका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर थापाले फ्लोर क्रस गरेका थिए । मुख्यमन्त्री शाहीको ढलिसकेको सरकार जोगाउन चारै जना सांसदले ३/३ करोडका दरले १२ करोड रुपैयाँ मुख्यमन्त्री शाहीनिकट माओवादीका एक उच्च नेताले बताए ।

नयाँ सत्ता समीकरणको कसरत भइरहँदा संघमा मात्र नभई प्रदेशमा पनि सांसद किनबेच तथा आर्थिक चलखेल हुन थालेको छ । नेपाल पानाबाट साभार गरिएको हो

कर्णाली प्रदेशका सांसदले घात गरपछि सूर्य थापाले भने प्रचण्डका हली–गोठाला कर्णाली प्रदेश सरकारमा पार्टीको निर्देशनविपरीत नेकपा एमालेका चार सांसदले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आक्रोशयुक्त प्रतिक्रिया दिएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कर्णालीमा ओली पक्षकै १ र माधवकुमार नेपाल पक्षका ३ सांसदले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएपछि आक्रोश व्यक्त गरेका हुन्।

थापाले कर्णाली प्रदेश सभामा पार्टीको ह्विपविपरीत माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने सांसदलाई प्रचण्डका ‘हली–गोठाला’को संज्ञा दिएका छन्।

२०७८ बैशाख ४, शनिबार १९:०८ 0 Minutes 206 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।