२०७९ असार १५
  • काठमाडौँ

कुकुरलाई मास्क लगाउँदै यी व्यक्तिले भने :म मरुँला तर यसलाई मर्न दिन्न ! भिडियो बन्यो भाइरल हेर्नुस्

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बच्न हरेक व्यक्तिले मास्क लगाउनुपर्ने मापदण्ड विश्वभर नै लागू छ । यस्तो बेला भारतबाट एउटा अनौठो भिडियो सार्वजनिक भएको छ, जसमा एक जना व्यक्तिले आफूले मास्क नलगाई कोरोनाबाट बचाउन कुकुरलाई मास्क लगाइदिएका छन् ।

इन्स्ट्राग्राममा भाइरल भइरहेको भिडियोमा देखिएका व्यक्ति हिन्दी भाषामा बोलिरहेका छन् । उनले आफ्नो काँधमा मास्क लगाएको कुकुरलाई बोकेका छन् भने आफूले मास्क लगाएका छैनन् ।

भिडियोमा उनले आफ्नो नाम मोहनलाल देवांगन बताएका छन् । आफूले मास्क नलगाई कुकुरलाई लगाइएकोबारे प्रश्न गर्दा उनले भने, ‘म मरुँला तर यसलाई मर्न दिन्न । बच्चा हो मेरो । बाल्यकालबाट पालेको हुँ ।’

यो पनि, ८४३ मा सङ्क्रमण, २२६ निको कोभिड–१९ को सङ्क्रमण आज ८४३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ हजार चार जनामा परीक्षण गराउँदा ८४३ जनामा सङ्क्रमण देखिएको हो ।

शुक्रबार भने ९०० जनामा सङ्क्रमण देखिएको थियो । आज देखिएको सङ्क्रमतिसँगै नेपालमा अहिलेसम्म कूल दुई लाख ८३ हजार ६५८ जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै आज २२६ जना सङ्क्रमण निको भई घर फर्किएका छन् । अहिलेसम्म दुई लाख ७५ हजार ३८ जना निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ९७ प्रतिशत रहेको छ ।

यसैगरी सङ्क्रमणबाट दुई जनाको निधन भएको छ । अहिलेसम्म निधन हुनेको सङ्ख्या तीन हजार ७५ जना पुगेको बुलेटिनमा जनाइएको छ ।ताजाखबर बाट

२०७८ बैशाख ४, शनिबार १६:४६ 0 Minutes 290 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार