२०७९ श्रावण २९
  • काठमाडौँ

ज्ञानेन्द्रलाई राजाको हैसियतमा जथाभावी गर्दै हिड्ने छुट छैन: झलनाथ खनाल

काठमाडौँ। नेकपा एमालेका नेता झलनाथ खनालले पूर्व महाराजधिराज ज्ञानेन्द्र शाहलाई जथाभावी गर्दै नहिड्न चेतावनी दिएका छन्। खनालले ‘पूर्वराजा’को हैसियतमा हिड्न उनलाई स्वतन्त्र भएपनि भारतमा गएर मनलाग्दी गर्ने छुट नभएको बताएका हुन्।

खनालले भने, ‘ज्ञानेन्द्र नेपाली नागरिक हुन्। यद्धपी उनले कही कतैबाट नागरिकता लिएको मलाई थाहा छैन। पहिले पहिले राजा महाराजहरुले नागरिकता लिने चलन थिएन। तर नागरिकता लिनु पर्छ। उनले लिएका छैनन् भने नागरिकता लिएर हिंड्नु पर्यो। जथाभावी गर्दै राजाको हैसियतमा हिड्न भएन।’

खनालले भारतीयहरुले नेपालका पूर्व महाराजलाई महाराजकै उपाधी दिएपनि नेपालीले भने सामन्ती राजालाई कुनै ठाउँ नदिने बताए। उनले भने, ‘भारतीयहरुको कुरा भयो उनलाई सम्मान दिने कुरा।

नेपाली जनताको सार्वभौमसत्ता नेपालीमा छ त्यो उनीहरुले बुझ्नु पर्यो। नेपाली जनताले चुनेका प्रतिनिधि नै देशका मालिक हुन् राजा होइनन्।’

त्यस्तै, नेपाली कांग्रेसका नेता गगन कुमार थापाले पूर्वराजाको गतिविधिमा शंका गर्ने ठाउँ रहेको बताएका छन्। देशमा केपी ओली जस्ता व्यक्ति प्रधानमन्त्री भएको स्थितिमा पूर्व राजा मात्र नभई देशी-विदेशी शक्तिको पनि भय गर्नु पर्ने बेला भएको उनले बताए।

२०७८ बैशाख २, बिहीबार ००:१४ 1 Minute 77 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।