२०७९ आश्विन २१
  • काठमाडौँ

‘रोमान्टिक रिलेसनसिप’मा भ्वाइस अफ नेपालका किरण गजमेर र सञ्जु मोक्तान !

काठमाडौं । मायालुका लागि प्रतिस्पर्धा गर्ने प्लेटफर्म कहिलेकाहीं मायालु फेला पर्ने प्लेटफर्म बनिदिन्छ । ठीक यस्तै भइदियो, गायक किरण गजमेरलाई ।

द भ्वाइस अफ नेपाल सिजन-३ का विजेता किरणले उपाधि मात्र जितेनन्, मायालु पनि फेला पारे । भ्वाइसको प्लेटफर्मबाट अंकुराएको किरण र प्रतिस्पर्धी सञ्जु मोक्तानको प्रेम अहिले गम्भीर प्रेममा छ ।

उनीहरुले इन्स्टाग्रामदेखि टिकटकसम्म आफ्नो प्लेटफर्मलाई सार्वजनिक रुपमै स्वीकारेका छन् । द भ्वाइस अफ नेपालको सेटमा भेट भएका उनीहरु विस्तारै नजिकिए र अहिले प्रेममा छन् । केही समयदेखि उनीहरु रिलेसनसिपमा रहेको किरण निकट स्रोतले जनाएको छ ।

टिकटक र इन्स्टाग्रामबाट पनि उनीहरुले प्रेम अभिव्यक्त गरिरहेका छन् । घुमघाम गरेकोदेखि डेटिङसम्मका रोमान्टिक तस्वीरमा यो ‘लभबर्ड’ देख्न सकिन्छ । उनीहरु चाँडै विवाह बन्धनमा बाँधिने तयारीमा रहेको जनाइएको छ । अन्लाईन खबर

२०७९ भाद्र ५, आईतवार १२:१३ 1 Minute 110 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।