२०७९ असार १८
  • काठमाडौँ

तुलसीपुर कारागारमा बिहे नभएकी कैदीबन्दीले जन्माइन बच्चा !

दाङको तुलसीपुर का”रागारमा रहेकी एक कै”दीबन्दीले बच्चा जन्माएकी छिन् । विहे नभएकी बाँके निवासी ३७ बर्षीया एक बन्दीले बच्चा जन्माएकी हुन् । कारागारका जेलर अमर वलीका अनुसार शनिबार राप्ती प्रादेशिक

अस्पतालबाट उनले बच्चा जन्माएकी हुन् । उनको छोरा जन्मिएको छ । दाङको लालमटियामा रहेको ग्रामिण विकास बैंकमा क्यासिएर पदमा कार्यरत रहेको अबस्थामा बैंक हिनामिना गरेको भन्दै गएको जेठ २८ गते देखि उनी तुलसीपुर का”रागारमा थिइन ।

उच्च अदालत तुलसीपुरले बैक रकम हिनामिना गरेको ठहर गर्दै ३० लाख धरौटीको तोकेको थियो । तर, उनले ३० लाख तिर्न नसक्ने भएपछि का’रागार कार्यालय तुलसीपुरमा थिइन । कस्को हो बच्चा ? उनी बैंकमा लालमटिया काम गर्दा फेसबुकमा एक ब्यक्तीसंग चिनजान भयो ।

उनका अनुसार ति ब्यक्ती काँग्रेस डडेलधुराका पूर्व सभापति रघुविर भट्ट थिए । उनीसंग कुराकानी नियमित भइरह्यो । त्यसपछि भट्टले विहेको प्रस्ताब गरे। उनी त्यमा प्रभाबित भइन । त्यसपछि गएको भदौमा काठमाडौंमा उनीहरुको भेट भयो र त्यहाँ शारिरीक सम्बन्ध भएको ति बन्दी बताउछिन् ।

‘हाम्रो फेसबुकमा नियमित फोन भइरहन्थ्यो’, उनले भनिन्‘त्यसपछि गएको भदौतिर काठमाडौंमा भेट भयो र त्यहाँ सम्पर्क भएको थियो ।’ त्यहाँ सम्पर्क भएपछि उनको पेटमा बच्चा भयो । बच्चा भएको थाहा पाएपछि भट्टले निरन्तर त्यो बच्चालाई फाल्न भनिरहेका थिए ।

विहे गर्छु भनेर आफूलाई बाचा दिएकाले आफूले पेटको बच्चा नफालेको ति बन्दीले बताईन् । कारागारमा हुँदा पनि आफूले नियमित भट्टलाई फोन गरिरहेको बताउछिन् । तर, भट्टले सधै बच्चा फाल्न भनिरहेको उनी बताउछिन् ।

पछिल्लो समय उनी सम्पर्कमा नआएको समेत ति बन्दीको भनाई छ । यस विषयमा बुझन् खोज्दा भट्टको फोन सम्पर्क हुन सकेको छैन । ति पुरुष करिब ५० बर्ष जतिको रहेको समेत ति बन्दीले बताईन् । तुलसीपुर का’रागारमा ३ जना बच्चा यस अघि तुलसीपुर का”रागारमा २ जना बच्चा सहितका कै”दी थिए । आमा कै”दी बन्दी रहेको र बच्चा साथमै रहेको अबस्थामा थिए ।

अब थप एक जना भएसंगै का”रागारमा ३ जना बच्चा रहेको कारा”गारका जेलर वलीले बताए । अहिले ति बन्दीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमै उपचार भइरहेको छ। बच्चाको अस्बस्था सामान्य रहेको छ । केही दिन पछि डिस्चार्ज गर्ने र डिस्चार्ज पछि ति बन्दीलाई पुनः का”रागारमा ल्याइने उनले बताए ।

२०७९ असार ९, बिहीबार ००:५२ 0 Minutes 245 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।