
झाँक्रीसँग फुलपाती सेलाउन कोशी गएकी इटहरी १६ की १६ वर्षीया किशाेरीकाे भारतको पन्जाबबाट उद्धार गरिएकाे छ । गत बैशाख ३० गतेदेखी बेपत्ता रहेकी बालिका अस्मिता चौधरी भारतकाे हरियाणा र पन्जाब राज्यको सिमा क्षेत्रबाट सकुसल उद्धार गरिएकाे छ ।
उनलाइ भारतको एन्टी ट्राफिकिङ सेल, भारतीय प्रहरी र साना हात संस्थाको समन्वयमा उद्धार गरिएको हो । हाल उनलाइ भारतकाे एक सेफ हाउसमा राखिएको छ । उनको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।
उनलाई लिन इटहरीबाट उनका आफन्त र प्रहरी बुधबार भारत गएका छन् । बालिकालाइ मोरङको सिमा नाका हुदै उनका काका लालु चौधरीको सहयोगमा विराटनगरका दिनेश मण्डलले भारत कटाएको अनुसन्धानबाट खुलेको थियो । बालिकालाई उनका काका लालु चौधरीले एक जना झाँक्रीसँग फूलपाती सेलाउन कोशी नदि जानुपर्छ भनेर घरबाट लिएर गएका थिए ।
यस्तै,ठुलो मात्रामा प्रतिबन्धित औषधी सहित धरान–५ झोडापाटाबाट श्रीमान श्रीमतीलाई प्रहरीले प”क्राउ गरेको छ । इलाका प्र”हरी कार्यालयले दिएको जानकारी अनुसार मंगलबार अपराह्न ३ बजे विशेष सूचनाको आधारमा धरान–५
झोडापाटाबाट ठुलो मात्रामा प्रतिबन्धित औषधी सहित २५ वर्षीय बिपना तामाङ र २१ वर्षीय जनिस राईलाई प”क्राउ गरिएको हो । उनीहरूको साथबाट स्पासपाम १६१० ट्याब्लेट र ट्रामडोल १५० र १२९० ट्याव्लेट बरा”मद भएको हो । प”क्राउ परेका दुवै जनालाई औषधी सहित औषधी व्यवस्था विभाग विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले बताए ।