२०७९ श्रावण २९
  • काठमाडौँ

पूर्व प्रहरीको लाजमर्दो हर्कत,आफ्नै बुहारी लिएर बेपत्ता । कोठामा पुदा रातारात फरार ( हेर्नुहोस भिडियो सहित )

धनकुटा जीतपुर निवासी पूर्ण कुमार लिम्बु विगत एक वर्ष देखि नाताले बुहारी पर्ने एक जना आफन्तलाई लिएर फरार भएका रहेछन् तर परिवारबाट खोजी कार्य जारी राखेर उनको अहिले बस्ने गरेको ठेगाना भने

मोरङको विराटनगर रहेको पत्ता लागेपछि उनलाई भेट्ने उनको परिवार विराटनगर पुगे पछि पूर्ण कुमार भाँडामा बस्ने गरेको घर समेत छोडेर हिँडेका रहेछन्। पूर्ण कुमारका श्रीमती मुना अधिकारीका अनुसार उनकाे श्रीमानले आआफ्नै भदैनी बुहारी लिएर फरार भएका रहेछन्।

उनीहरूको एक छोरा र एक छोरी समेत रहेछ। उनीहरूले भागेर अन्तरजातीय बिबाह गरेका रहेछन् साथै पूर्ण कुमार पहिले प्रहरीमा कार्यरत रहेछन् तर उनलाई नक्कली सर्टिफिकेटका आरोपमा प्रहरीबाट निष्कासन गरीएको रहेछ।

पूर्ण कुमार आफ्नु घर बाट छाेरी अनि श्रीमती सहित ससुराली लिएर आइरहेको छन् भन्ने थाह पाएर उनी विराटनगरमा बस्ने गरेको भाँडाको कोठा बाट पनि आफ्नु सामान सहित भगाएको श्रीमती लिएर बिहानै हिडे पछि उनको छोरी र श्रीमतीले आफ्नु बाबा अनि श्रीमानलाई कतै देख्नु भयो भने सम्पर्क गरिदिनु हुन आग्रह समेत गरेका छन्।

श्रीमती मुना अधिकारीलाई अब तपाईको इच्छा के छ त भनेर सोध्दा उनी यसो भन्छिन्,’ अब वहाँलाई बहु बिबाहको मुद्धा हाल्ने हो त्यसपछि म वहाँ सँग बस्न सक्दिन किन भने पहिले पनि मलाई जाँड रक्सी खाएर आएर धेरै पिट्ने गर्नु हुन्थ्यो तेसैले अब म मेरो अधिकार लिएर वहाँ सँग छुटिएर बस्छु। विवाहित छाेरी भने यसो भन्छिन्,’ बाबाको पहिले देखी नै बानी चै केटी सँग लाग्ने हिड्ने गर्नु हुन्थ्यो त्यही भएर कहिले घरमा राम्रो सम्बन्ध भएन हामी सँग पनि ममी सँग पनि।

पहिले देखी नै हामीलाई पनि पिट्ने अनि ममीलाई पनि पिट्नु हुन्थ्यो। अब ममी र भाइको बिजोक भएको छ भाइले पढ्न पाएको छैन त्यही भएर हामीले बाबालाई सम्पर्क गर्न खोजेको हो। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

२०७९ असार १, बुधबार १२:२१ 0 Minutes 218 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।