
प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेश स्वास्थ्य राज्यमन्त्री बिमला वलीले श्रीमान खोई ? भन्दै महिलालाई कुटपिट गरेको खुलेको छ। वलीले तुलसीपुरका एकराज बस्नेतकी श्रीमती मिना भण्डारीलाई कु\ट’पि’ट गरेकी थिईन्।
राज्यमन्त्री वली बिहानै बस्नेतको घरमा पुगेर उनकी श्रीमती मिनालाई सुरुमा श्रीमान खोई? भन्दै सोधेकी थिईन्। अनि एकाएक मिनालाई थप्पड हानेको प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जनाएको छ।
यसैगरी मिनासंगै उनकी छोरीलाई समेत हानेको प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जनाएको छ। ‘सुरुमा राज्यमन्त्री ओली गएर श्रीमान खोई? भनेर सोधेको भन्ने कुरा बुझिएको छ,’ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक स्वाँरले भने ‘अनि एकाएक मिना भण्डारी र उहाँकी छोरीलाई कु’ट’पि’ट गरेको भन्ने जानकारी आएको छ।’ प्रहरीले यसबारेमा दुबै पक्षसंग सोधपुछ गरिरहेको छ।
यसैबीच पीडित महिलाले राज्यमन्त्री वलीविरुद्ध मु’द्दा दर्ताको तयारी गरेकी छिन्। नागरिक न्युज बाट