२०७९ असार १८
  • काठमाडौँ

बिजुलीका तारमा हिँडेका माइला विक मिडियामा, त्यसो गर्नुको कारण आँफैले खोले (भिडियो सहित)

नुवा’कोटका माइला विकले विद्युत प्रशारण लाइन’को तारमा ६ घण्टा झुन्डिँदा भगवानले बचाएको बताएका छन् । एक टेलिभिजनसँगको कुरा’कानीमा उनले भने, ‘म म’र्न गएको थिएँ । एकदममाथि गए’पछि मरिन्छ भन्ने थियो ।तर लठ्ठा’माथि पनि भगवान रहेछ । मलाई बचाए । एक’दम खुसी लागेको छ ।’ तारमा झुन्डिँदा आनन्द आएको विकले बताए ।

‘तारमा झुन्डि’एर आएका हामी । अल्लो छेउ गएँ, पल्लो छेउ गएँ । तारमा झुन्डिँदा चीलले पनि ठुंग्यो । तारमा सुत्दा आन’न्द आयो,’ उनी भन्छन् ।तार’बाट तल खस्दा म’र्छु भन्ने आफू’लाई नलागेको उनको भनाइ छ । उनले भने, ‘घरमा गएर सुत्नु’पर्यो भनेर गाको । त्यहाँ गएपछि भ्रमण देखेँ । खम्बामा छोए’पछि मन ढुक्क भयो । अनि गएँ सरासर । तल’बाट मान्छेहरुले झर भन्दा पनि म आफ्नै सुरमा हिँडे ।’

विक ६ घण्टा तारमा झुन्डिँ’दा एक करोड बराब’र घाटा भएको विद्युत प्राधिकरणले जनाएको छ । तर उनी भन्छन्, ‘करोडको कुरा होइन । खर्बको कुरा आयो । खर्बले पनि मेरो ज्यान आउँदैन ।’

यसैबिच ककनी गाउँपालिका’स्थित त्रिशुली थ्री ए प्रशारण लाइ’नमा हिँडेका बिकको मानसिक स्वास्थ्यमा समस्या देखिएको छ । शनिवार ८ घण्टापछि नेपाली सेनाका उद्धा’रकर्ताहरूले बेलकोटगढी नगरपालिका–७ घर भएका ४३ वर्षीय बिकलाई हाइटेन्सन’बाट उ’द्धार गरेका थिए ।

उद्धारपछि बिकलाई उप’चारका लागि लगनखेलस्थित मानसिक अस्पतालमा पठाउन खोजिएको तर, परिवारले नमानेको नुवाकोटका एसपी रामप्रकाश शाहले बताए । ‘कुरुवा नबसेको अवस्थामा मा’नसिक अस्प’तालले भर्ना नगर्ने रहेछ’ एसपी शाह भन्छन्,‘परिवारका सदस्य’हरु कुरुवा बस्न नमानेपछि संरक्ष’णका लागी सामाजि’क संस्थाको जिम्मा लगाएका छौं ।’

प्रहरीले शनिवार राति नै उनलाई काठमाडौंमा पठाएको छ । माइला बिकलाई संरक्षणका लागी काठमाडौंको तार्केश्वर नगरपालिका–७ मा अवस्थित नवजिवन नामक संस्थाको जिम्मा लगाइएको एसपी शाहले जानकारी दिए । नवजिवनले बिकलाई खाने, बस्ने र मानसिक रोगका चिकित्सकबाट काउन्सेलिङ गर्ने व्यवस्था मिलाउने भएको छ ।

करिब १० महिनादेखि माइ’लाको मानसिक स्वास्थ्य’मा सम’स्या देखिएको स्थानीयहरुको भनाइ छ । मानसिक समस्या देखिएपछि परिवारले उनलाई अप’हेलना गरेका थिए । मान’सिक अवस्था ठिक नभए’पछि उनि गाउँमा यत्रतत्र डुलेर हिँड्थे । भिडियो हेर्नुस्

२०७९ जेष्ठ ३०, सोमबार ००:२४ 0 Minutes 260 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।