२०७९ असार १५
  • काठमाडौँ

सडक दुर्घटनामा भक्तपुरका बास्तोलाको अमेरिकामा मृत्यु

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६, बास्तोला गाउँ घर भइ विगत ५ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका एक युवकको सडक दुर्घटनामा मृत्यु भएको छ । 

सपरिवार अमेरिका बसोबास गर्दै आएका २४ वर्षका सुविन बास्तोला सवार कार यही चैत १२ गते सडक दुर्घटनामा परेको थियो ।

 कलेजको पढाइ सकेर काममा जाँदै गर्दा उनको गाडीलाई गलत दिशाबाट आएको अर्को गाडीले ठक्कर दिएको थियो ।  माउन्ट क्यारामेल इस्ट अस्पतालमा उपचारको क्रममा आइतबार बिहान (नेपाली समय अनुसार) सुुविनको निधन भएको काका सुरज बसतोलाले बताए । 

ओहायोमा भएको कार दुर्घटनामा घाइते बास्तोलाको आईसीयु राखेर उपचार गर्ने क्रममा निधन भएको हो । 
भक्तपुर तेलकोटको बास्तोला गाउँ स्थायी घर भएका बास्तोला हालैमात्र बोष्टनबाट ओहायोको ब्ल्याकलिकमा बसाई सरेका थिए । 

ओहायो स्टेट युनिभर्सिटीमा सुरक्षा र खुफिया विषयमा अध्ययनरत उनी आगामी डिसेम्बरमा दिक्षित हुदै थिए । अमेरिकामा बास्तोलाका आमा, बा, बहिनी रहेका छन् । २०७२ साल असारमा उनी नेपालबाट अमेरिका गएका थिए । 

२०७७ चैत्र ३०, सोमबार १६:३२ 0 Minutes 152 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार