२०७९ असार १८
  • काठमाडौँ

बालेन साहको राजीनामा मागे मुकुन्देले

काठमाडौं, २६ जेठ ।

काठमाडौं क्षेत्र नं ४ मा उम्मेदवारी घोषणा गरेका मुकुन्दे भनिने मुकुन्द घिमिरेले महानगरपालिकाका मेयर बालेन साहको राजीनामा मागेका छन् । बालेनले फोहोर फाल्न नसकेको भन्दै मुकुन्देले राजीनामा मागेका हुन् ।

बालेनले नैतिकताको आधारमा तत्काल राजीनामा दिएर अबिलम्ब उपचुनाव हुनुपर्ने समेत बताएका छन । उनले ट्वीट गर्दै राजीनामा मागेका हुन् । मुकुन्दे बालेन साहका कटु आलोचक हुन् । उनले बालेनले महानगरपालिकामा खासै काम गर्न नसक्ने ठोकुवा गर्दै आएका छन् ।

जनताको विश्वास जितेर इमान्दारितापूर्वक काम गर्नुस् : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको विश्वास जितेर इमान्दारितापूर्वक काम गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ९ ले आज आयोजना गरेको ‘नवनिर्वाचित जनप्रतिनिधीलाई बधाई तथा मतदातालाई धन्यवाद’ कार्यक्रममा उनले जनताले दिएको जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्न आग्रह गरेको हो ।

“जनताले तपाईँहरूलाई विश्वास गरेर मत दिएका छन्, जनताको अझ बढी विश्वास जितेर काम गर्नुस्, आफ्नो जिम्मेवारीलाई इमान्दारिता पूर्वक निर्वाह गर्नुहोस्”, नेता सिंहले भने ।

पार्टीका पूर्वमहामन्त्री सिंहले कांग्रेसले काठमाडौँ महानगरपालिकामा प्रमुख पद नजिते पनि अधिकाशं वडामा विजय हासिल गरेको उल्लेख गर्दै आगामी निर्वाचनमा पनि पार्टीका उम्मेदवारलाई विजयी गराउने गरी काम गर्नुपर्ने बताए । पार्टी र सङ्गठनलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनको भनाइ थियो ।

नेता सिंहले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर जवरालगायतले गरेको त्या,ग र योगदानलाई सम्झेर जनताको काम गर्न नवनिर्वाचित जनप्रतिनिधीलाई निर्देशन दिए । काण्डै काण्ड बाट

२०७९ जेष्ठ २६, बिहीबार १२:१६ 0 Minutes 135 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।