
नेपालमै बसेर गरे के हुन्न र भन्ने उदाहरण हुन्, इटहरीकी चेली ममता प्रसाई । केहि बर्षअघिसम्म बिदेशमा रहेकी ममता आफु त्यहाँ रहँदा मोटाएपछि उनले एक व्यक्तिगत जिम ट्रेनर राख्ने बिचार गरिन्, तर उनलाई जिम ट्रेनर निकै नै महँगो लाग्यो ।
हालसम्म उनको व्यायामशालाबाट २ सय हाराहारीले आफ्नो मोटोपना घटाईसकेका छन् । ममता यतिबेला टिकटकमा भाईरल छिन् । उनको दि व्यायामशाला टिकटक आईडिबाट दिनहु अप्लोड हुने कसरत सम्बन्धी भिडियोलाई लाखौंले हेर्ने गरेका छन् ।
त्यहि प्रेरणा सहित उनी नेपाल आईन् र इटहरीको बिपी चोकमा व्यायमशाला नाम जिम खाना खोलिन् । आफु पनि घट्दै ममताले युवाहरुलाई जिम सिकाउन थालिन् । तालिम लिएर आएकी ममताको जिममा यतिबेला दिनहुँ धेरै युवाहरु घट्नका लागि आउने गर्दछन् ।
यससँगै चिन्नेहरुले उनलाई फलाम उचाल्ने बुहारी, मिवाली वा तौल घटाईदिने बुहारी भनेर पनि चिन्न थालेका छन् । सुरु सुरुमा बुहारी भएर यस्तो काम गर्ने भनेर समाजबाट ममताले राम्रा नराम्रा प्रतिक्रियाहरु सुनिन । तर उनलाई त्यसले केहि फरक पारेन र उनी निरन्तर आफ्नो कर्ममा लागिन् ।
ममताले लकडाउनको समयमा नेपाल बाहेक बिभिन्न देशहरुमा पनि अनलाईन मार्फत व्यायाम शालाको सेवा दिएकी छिन र अनलाईनबाट पनि धेरैले आफ्नो तौल घटाएका छन् । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।