२०७९ श्रावण २६
  • काठमाडौँ

कञ्चनपुरबाट बालिका लगेर भारतमा बेच्ने २ जना २५ वर्षपछि प,क्राउ

धनगढी: कञ्चनपुरबाट बालिकालाई लगेर भारतमा बेच्ने २ जना २५ वर्षपछि पक्राउ परेका छन्।

२०५२ माघ २५ गते १५ वर्षीया बालिकालाई ललाई फकाई भारतको दिल्लीमा लगेर बेच्ने कार्यमा संलग्न रहेका कञ्चनपुरको साविकको परासन गाविस वडा नम्बर ४ बस्ने मानबहादुर थापा र उनकी श्रीमती सुकमाया तामाङलाई प्रहरीले पक्राउ गरिएको हो।

२०५४ सालमा जिल्ला अदालत कञ्चनपुरको फैसलाले उनीहरु विरुद्ध जीउ मास्ने बेच्ने मुद्दामा ५ वर्षको कैद सजाय सुनाएको थियो।

त्यसपछि फरार सूचीमा रहेका दुवैलाई आइतबार पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले कैद भुक्तानका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। स्रोत दिनेशखबर बाट

२०७७ चैत्र ३०, सोमबार ००:५६ 0 Minutes 299 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।