२०७९ श्रावण २९
  • काठमाडौँ

अङ्ग्रेजी र नेपाली बिषयको परीक्षा बिग्रेपछि कक्षा १२ मा अध्ययनरत विद्यार्थीले गरिन आ”त्मह”त्या

म्याग्दीको बेनि ९ स्थित गलेश्वर माविमा अध्ययनरत कक्षा १२ की विद्यार्थीले आ”त्मह”त्या गरेकी छिन् । पहिलो दिन अङ्ग्रेजीको परीक्षा बिग्रेको र दोस्रो दिनको नेपालीको परीक्षा पनि बिग्रेपछि उनले मुसा मार्ने औषधि सेवन गरेर आ”त्मह”त्या गरेकी हुन् ।

यस्तै,परिवर्तन नेपालले हरितारा चलचित्र पुरस्कारद्वारा वरिष्ठ अभिनेत्री मिथिला शर्मालाई सम्मान गरेको छ । बुधवार काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा चलचित्र क्षेत्रकै पहिलो पुरस्कार हरितारा चलचित्र पुरस्कारद्वारा शर्मालाई सम्मान गरेको हो ।

दूर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार र चेतन कार्की स्मृति पुरस्कारद्वारा पनि चलचित्र क्षेत्रमा विशेष योगदान दिएका कलाकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा वरिष्ठ अभिनेत्री मिथिला शर्माले कुनैपनि संस्था र व्यक्तिले दिएको सम्मानलाई सम्मानपूर्वक चलाइरहनु पनि अर्को ठूलो अभियान भएको बताइन् ।

उनले यस्ता सम्मानले लामो समय यता चलचित्र क्षेत्रमा पु¥याएको योगदानलाई स्मरण गराउने बताइन् । त्यस्तै वरिष्ठ कलाकार मदनदास श्रेष्ठले कार्यक्रमले नारी शक्तिलाई सम्मान गरेकोमा खुशी लागेको बताए ।

उनले कलाकारहरु अवसरवादी हुने गरेको भन्दै पाउनु पर्ने व्यक्तिले उचित सम्मान पाउन नसकेको बताए । उनले कलाकारहरुलाई पनि राजनीतिक विभाजन र सीमावद्ध गरिएको आरोप लगाए । वरिष्ठ कलाकार श्रेष्ठले राजनीतिक दलहरुले कलाकारहरुमा विखण्डन ल्याएर एकरुपता बन्न नदिएको बताए ।

२०७९ जेष्ठ १९, बिहीबार ०४:०० 0 Minutes 1688 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।