२०७९ श्रावण २९
  • काठमाडौँ

भेटीयो अचम्मको माछा,,बैज्ञानिकहरुको छुट्यो पसिना ! (हेर्नुस् भिडियो सहित )

माछा पानिमा बस्ने एक प्रकारको जलचर प्राणी हो। माछा ले आफ्नो सन्तानको हेरचाह गर्दैन यसले पानीमै फूल पार्ने पानीमै बच्चा कोर्लन्ने गर्दछ ।

संसामा हजाराै प्रजातीको माछा पाइने गर्छन ति मध्ये पनि आज हजुरहरुलाई १० प्रकारको अचम्म लाग्ने माछा देखाउन गइरहेका छाै ।भिडियो हे्न तल क्लिक गर्नुहोला .

यो पनि एजेन्सी । आकारमा मुटु जस्तो देखिने उच्च पर्वतीय र तल्लो पर्वतीय क्षेत्रमा पाइने एक प्रकारको जडिबुटी हो, अतिस। हल्का झुस भएको पात, गाढा निलो फूल र प्याजी रंगको नशाहरु हुने यस किसिमको जडिबुटी प्राचीनकालदेखि नै प्रयोगमा आउने गरेको जडिबुटी हो। प्राचीन आयुर्वेदिक शास्त्रको रुपमा रहेको चरक संहिता र सुश्रुत संहिताले यसको औषधीय गुणको बारेमा उल्लेख गरेको छ । यस्तो किसिमको जडिबुटी हामीले जतात्यतै देख्न सक्छौं। तर, हामीले त्यसलाई बेवास्ता गरिरहेका हुन्छौं ।

एकातर्फ हामी यस्ता जडिबुटीलाई गाईबस्तुको खानाको रुपमा प्रयोग गरिरहेका हुन्छौं भने अर्काे तर्फ गुमेको तागत वा आलस्यता जस्ता समस्यालाई शरीरमा पालेर बसेका हुन्छौं। दाँत दुख्दा प्रयोग गर्ने औषधिको लागि हामी हजारौं रुपैयाँ खर्च गरेर अस्पताल धाउने गर्छाैं। रक्तचाप नियन्त्रणको लागि होस् या बच्चाहरुको सामान्य उपचारको लागि नै किन नहोस् । जडिबुटी अति आवश्यक औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । तर, यसको प्रचुर मात्रामा प्रयोग हुन नसकेको सरकारी अधिकारीहरु बताउँछन् ।

यो प्रजाति नेपालको हिमालय क्षेत्रमा ३२०० देखि ३७०० मिटरसम्मको उचाईमा बढी पाइन्छ । यो झाडी बुट्यान भएको र घाँसे मैदानमा पाइन्छ । यसमा रहेको गानोलाई विभिन्न आकारमा तयार पारेर व्यापार गर्न सकिन्छ ।यसको धेरै व्यापार हुने पनि गरेको छ । यस्तो गानोलाई फल पाकेपछि संकलन गरेर त्यसको डाँठलाई पनि मुठो पारेर बिक्री गर्ने गरिन्छ । यसको गानोलाई संकलन गर्ने उपयुक्त समय भनेको फल पाकेपछि कार्तिकदेखि मंसिरसम्मको समय हो ।

आकार: आकारको हिसाबले यो एकदेखि ३ मिटरसम्म अग्लो हुने गर्छ । यो झार वर्गमा पर्ने बहुवर्षिय य वनस्पति हो । यसैलाई कतैकतै अतिसजरा पनि भन्ने गरिन्छ । पातमा विभिन्न रेसेदार खण्डहरु हुने गर्छ । यसको पात ४ देखि ५ खण्डमा मिलेर फाटेको हुन्छ ।

यसको जराको स्वाद तीतो हुन्छ । यसको जरा एकदेखि १.५ से.मी. जति व्यास भएको, फेदतिर मसिनो हुँदै आएको छ । थोरै हाँगाबिँगा भएको, गानोबाट स-साना जरा निस्किएको खैरो रंगको बोक्रा भएको समेत हुन्छ । यसको गानोमा एटिसिन नामक वानस्पतिक रसायन पाइन्छ । चरक संहिता र सुश्रुत संहिताका अनुसार कफ, पित्त थैलीको समस्या आदिमा अतिसले महत्वपूर्ण भूमिका खेल्ने गर्छ ।

अतिसको माध्यमबाट उपचार गरिने उपचार पद्धतिलाई अतिभिसा चिकित्सा पद्धतिको नामबाट चिनाउने गरिन्छ । यो चिकित्सा पद्धतिमा बच्चाहरुलाई आएको ज्वरो, वान्ता हुने, पखाला लाग्ने, कफ, चिसो लागेको जस्तो समस्या समाधानको लागि प्रयोग गर्न सकिने ती

दुई संहितामा उल्लेख गरिएको छ । यसका बाहेक यसले अपच हुने, शरीरको विभिन्न भागको दुखाई र शरीरको आन्तरिक समस्याहरु, उत्तेजना नहुने जस्ता समस्या समाधानको लागि पनि महत्वपूर्ण उपचार पद्धतिको रुपमा प्रयोग गरिने उल्लेख छ ।

बिरुवाको स्वरुप: प्रत्येक खण्ड अझ बढी फाटेको, ५ देखि १० से.मी. गोलाइको, तल्लो पातमा भेट्नु भएको र माथिल्लो पातमा भेट्नु नभएको हुन्छ । माथि तिरको पातमा धेरै खण्ड हुँदैन । फूल हल्का झुस भएको, गाढा निलो रंगको हुन्छ र यसमा प्याजी रंगको नशाहरू हुन्छन् ।

फूल जेठ असारमा फुल्छ र श्रावण भाद्रमा फल लाग्छ ।यसको गानोलाई खोकी र ज्वरोमा प्रयोग गरिन्छ । अतिस जरा तागत र फुर्ति बढाउने औषधीको रूपमा पनि प्रयोग गरिन्छ । यो दाँत दुख्दा तथा रक्तचाप नियन्त्रण गर्नपनि प्रयोग गरिन्छ । कालकूट प्रजातिका धेरै बिरुवाहरु विषालु हुने भएकोले यसको प्रयोग गर्दा धेरै नै सावधानी अपनाउनु पर्छ र यकीन नभईकन कहिलै पनि प्रयोग गर्नुहुँदैन ।

२०७९ जेष्ठ ९, सोमबार १७:०१ 1 Minute 508 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।