२०७९ असार २०
  • काठमाडौँ

जसले अरुको १ मत पनि पाएनन्, आफ्नो भोट पनि हरायो…

गोरखा, जेठ ५।

गोरखाको भीमसेन थापा गाउँपालिका ८ मा वडाध्यक्ष पदमा स्वतन्त्र उमेद्वार उठेका नवराज ढकालले आफूले आफैलाई हालेको मत हराएको बताएका छन् ।

अन्तिम मतपरिणाम सार्वजनिक हुँदासम्म पनि १ भोट नपाएका ढकालले आफुले चुनाव चिन्ह ‘खानेपानीका धारा’ मत हालेपनि मतगणना हुँदा एक मत पनि आएको बताए ।

उक्त गाउँपालिकामा १४६९ मत खसेको माओवादी केन्द्रका उम्मेदवार बिष्णु कुमार श्रेष्ठ उक्त गाउँपालिकाको वडाध्यक्ष बनेका छन् । आफैँले हालेको भोट पनि मतगणनामा नभेटिएपछि अहिले ढकाल तनावमा छन् ।

‘म चुनावी प्रतिस्पर्धामा थिएँ, मैले मेरो भोट हालेको छु, तर गणनामा मेरो मत देखाइएन ।’ अदालत जाने तयारीमा रहेका ढकालले बताए । उनले आफैलाई हालेको मत बदर पनि भएको दाबी गरेका छन् । रिपोर्टर्स नेपाल बाट

२०७९ जेष्ठ ५, बिहीबार ०८:२४ 0 Minutes 165 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।