
सुर्खेत – सुर्खेतकाे बराहताल गाउँपालिकाका निवर्तमान अध्यक्ष तेजबहादुर बस्नेत वडा सदस्यमै पराजित भएका छन्।
बराहताल गाउँपालिका-८ मा कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएका बस्नेतलाई एमालेका प्रेमराज लिम्बु र छविलाल जैसीले हराएका हुन्। बस्नेतले ५३९ मत मत पाएको थिए भने लिम्बुले ५९१ र जैसीले ५७८ मत पाएका थिए।
उनी ०७४ मा गाउँपालिका अध्यक्षमा विजयी भएका थिए। तर, ३० वैशाखमा भएकाे निर्वाचनमा उनी वडा सदस्यमा भिडेका थिए।
खड्कबहादुर विश्वकर्माको वडामा माओवादी विजय !
वीरेन्द्रनगर – नेकपा विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) को वडामा माओवादी केन्द्र विजयी भएकाे छ। प्रवक्ता विककाे गृह जिल्ला कालिकोटको नरहरिनाथ गाउँपालिका–६ मा माओवादी केन्द्रका पौरम विक विजय भएका हुन्।
विकले ३३६ मत ल्याएर विजयी भएका हुन्। विप्लव समूहका कट विक (अखडा)ले २२१ मत ल्याएका थिए। कालिकोटका ९ वटै स्थानीय तह र ८२ वडामा नै विप्लव समूहले उम्मेदवारी दिएको थियो। टाइम्स खबर