२०७९ असार २०
  • काठमाडौँ

चट्याङ लागेर एक किशोरीको मृत्यु

काभ्रे । काभ्रेपलाञ्चोकमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ।रोशी गाउँपालिका–९ पनान्चेमा हिजो दिउँसो चट्याङ लागेर अन्दाजी १६ वर्षीया साजनी लुङ्गेलीको मृत्यु भएको हो।लुङ्गेलीलाई घर नजिक बारीबाट घर फर्कने क्रममा अचानक च’ट्याङ लागी घाइते भएको र उपचारका लागि नमोबुद्ध नगरपालिकाको भकुण्डेस्थित स्थानीय मेडिकलमा ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।मृतकको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको छ।

यस्तै ,प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको छ।उनका सहोदर भाइ प्रेमबहादुर देउवाको आज (मंगलबार) बिहान वीर अस्पतालमा निधन भएको हो।प्रेमबहादुर फोक्सोको क्यान्सरबाट पीडित थिए।प्रेमबहादुर नेपाली कांग्रेस कंचनपुरका धरोहर, कंचनपुर–२ का अभिभावकीय व्यक्तित्व, पञ्चायतकालीन समयदेखि नै निरन्तर लोकतन्त्रका लागि संघर्ष समेत गरेका थिए।

यो पनि पढ्नुहोस -नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्। मंगलबार २९औं मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्

स्थानीय तह निर्वाचनमा गठबन्धन दलका सदस्यहरूले आफ्नो दललाई भोट नहालेको उनको टिप्पणी छ। गठबन्धनका घटकहरूले सहकार्य गर्न नचाहेको उनको भनाइ छ।‘हाम्रो पार्टी निर्माणका सवालमा हामीले गम्भीर छलफल चलाउनुपर्ने आवश्यकता छ।

हामी निर्वाचनको पनि गम्भीर समीक्षा गर्नेछौं,’ उनले भने, ‘गठबन्धनको पनि समीक्षा हामी गर्नेछौं। समीक्षा गरेर कहाँ राम्रो भयो, कहाँ त्रुटी गर्‍यौं र आगामी दिनमा हामीले के कुरामा होस गर्नुपर्ने हो। त्यस हुनाले हामीले अहिलेसम्मको निर्वाचनको परिणाम अवश्य पनि हाम्रो पार्टीले प्राप्त गर्नुपर्ने जति छैन।’ यद्यपि धेरै निराश हुनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो।

‘गठबन्धन दलका सदस्यहरूले हामीसँग सहकार्य गर्न चाहेनन्। हाम्रा आफ्नै कुराहरू होलान्’, उनले भने, ‘अरूका आफ्नै गुनासाहरू होलान्। जे सुकै गरे पनि यो पार्टीलाई बलियो जगमा उभ्याउनु पर्नेछ। यो पार्टीलाई जनताको माझमा क्रियाशील गर्नुपर्ने छ।’ बुटवल दैनिकी बाट

२०७९ जेष्ठ ४, बुधबार १२:३३ 1 Minute 211 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।