२०७९ असार २०
  • काठमाडौँ

पूजा लेख्छिन् : विरोधी हैन, मानवको नजरले हेर्नूस !

काठमाडौं । अभिनेत्री पूजा शर्मा राजनीतिप्रति तटस्थ लाग्छिन् । सकभर राजनीतिक मुद्दामा टिप्पणी गर्दिनन् । तर, यसपटक चाहिँ उनको नाम राजनीतिक चर्चासँग जोडिएको छ ।

भयो के भने, अहिले सामाजिक संजालमा ट्रोल भैरहेका प्रधानमन्त्री शेरबहादुर देउवाको बचाउमा पूजा उत्रिएकी छन् । फेसबुकमा स्टाटस लेख्दै उनले देउवालाई ट्रोल बनाउनु उचित नभएकी उल्लेख गरेकी छिन् ।

बुद्ध पूर्णिमाको दिनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आएको बेला आयोजित ध्यान र पूजामा देउवाको बडी ल्यांग्वेजलाई लिएर टाइमटाइलमा टिप्पणी भैरहेको छ । धेरैले प्रधानमन्त्रीको रुपमा देउवाको गतिविधि अशोभनीय भएको बताएका छन् ।

त्यसको केही दिनमै देउवाका सहोदर भाइ प्रेमबहादुर दिवगंत भए । यही सन्दर्भमा पूजाको बचाउ आएको हो । उनी लेख्छिन्, ‘उता भाइ मृत्युसँग लडिरहेको बेला यता दाइ कसरी रमाइलो गरेर आनन्दसँग बस्न सक्थे । यस्तो अवस्थामा विरोधीको नजरले होइन । असल मानवको नजरले हेर्नूहोस् ।’

तर, कतिपयले चाहिँ पूजाका प्रेमी युद्ध बानियाँ कांग्रेस निकट परिवार रहेको र पूजाले सभापतिको समर्थन गर्नु स्वभाविक भएको पनि उल्लेख गरेका छन् । अन्लाईन खबर

२०७९ जेष्ठ ४, बुधबार ०८:०० 0 Minutes 124 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।