२०७९ असार २०
  • काठमाडौँ

बालेन साहले लिए ६ सयको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले झण्डै ६ सय मतले अग्रता लिएका छन् ।

चार हजार ४४४ मत गणना हुँदा उनले १५७५ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेको एमालेका केशव स्थापितले ९८५ मत पाएका छन् भने । नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाएकी छन् ।

त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन् । अहिले काठमाडौंको वडा नम्बर १,२,३, ४ र ३२ को मतगणना भइरहेको छ ।

यस्तै गुल्मीदरवार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा सरोज थापा र उपाध्यक्षमा तारा थापा निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित थापाले नेकपा एमालेका उम्मेदवार कृष्ण भुसाललाई ५६४ मत अन्तरले हराएका छन् । थापाले ६ हजार १६६ र भुसालले ५ हजार ६०२ मत पाएको निर्वाचन अधिकृतको कार्यालय गुल्मीले जनाएको छ । न्युज24

२०७९ जेष्ठ १, आईतवार ०१:२९ 0 Minutes 140 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।