२०७९ जेष्ठ ५
  • काठमाडौँ

बालेनलाई उछिन्दै सुनिता

काठमाडौँ महानगरको उपमेयर पदमा नेकपा एमालेकी सुनिता डंगोलले ५२० मत ल्याएकी छन् ।

सहायक निर्वाचन अधिकृतले दिएको जानकारी अनुसार वडा नम्बर एकको ५ सय मत, वडा नम्बर ३२ को ५ सय मत तथा वडा नम्बर २ को १८० मत गन्दा डंगोलकी प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ११० मत ल्याएका छन् । त्यस्तै,

राप्रपाले १०५ मत ल्याउँदा विवेकशील साझा भने ३५ मतमा सीमित बनेको छ ।उता मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले ४०२ मत ल्याउँदै अग्रता कायम राखेका छन् । साहका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ३१९ मत ल्याएका छन् भने काँग्रेसबाट मेयर पदकी प्रत्याशी सिर्जना सिंहले २०२ मत ल्याएकी छन् ।

भरतपुरमा रेनु दाहालको अग्रता
काठमाडौं, ३१ वैशाख । भरतपुर महानगरपालिकामा रेनु दाहालले अग्रता बनाएकी छिन् । सुरुमा पछिाडि परेकी रेनुले एमाले उम्मेदवार विजय सुवेदीलाई उछिनेकी हुन् ।

रेनुले झीनो मतान्तरले सुवेदीलाई उछिन्दा काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल निकै पछाडि देखिएका छन् ।

बालेनसँग केशव स्थापितको मतान्तर घट्न थाल्यो
काठमाडौं, ३१ वैशाख । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहको मतको अनुपात घट्न थालेको छ । उनका प्रतिद्वन्द्वीहरु केशव स्थापित र सृजना सिंहले मतान्तर घटाउन थालेका छन् ।

बालेन पछिल्लो मतगणनामा स्थापितभन्दा झीनो मतले मात्र अगाडि छन् । सृजना सिंह भने केही पछि छिन् । यही अनुपातमा मत रहेमा बालेन पछि पर्ने अवस्था देखिएको छ ।

सुरुवाती अग्रता लिएपनि बालेनले रैथाने नेवारहरुको बाहुल्य रहेको वडामा मत कम ल्याउन थालेको बुझिएको छ ।

२०७९ बैशाख ३१, शनिबार १४:०० 0 Minutes 214 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार