
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर)मा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायम रहेको छ । पछिल्लो प्राप्त मतअनुसार बालेनले ७८५ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ४६८ मत पाएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ३०७ मत प्राप्त गरेका छन् ।
यस्तै भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले सुरुआती अग्रता दिएका छन् । आज दिउँसोबाट सुरु गरिएको मतगणनामा सुवेदीले ४१ मत प्राप्त गरे ।
यस्तै बामलोकतान्त्रिक गठबन्धनबाट प्रमुखको उम्मेदवार रहेकी रेनु दाहालले ३७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने आठ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
आज अपराह्न ३ बजेसम्म गनिएका एक सय मतमा यो परिणाम आएको हो । यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ३९ र राप्रपाकी हिमला गुरुङले ३५ मत प्राप्त गरेका छन् ।
यस्तै वडाध्यक्षमा नेकपा एमालेका शुक्र श्रेष्ठले ४२ मत र नेपाली कांग्रेसका केशव महर्जनले २९ मत प्राप्त गरेका छन् । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ ।