२०७९ जेष्ठ ५
  • काठमाडौँ

धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको अग्रता

धरान । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन् ।

अहिले हर्क साम्पाङले ३३ मत प्राप्त गरेका छन् भने कांग्रेस-माओवादी-एकीकृत समाजवादीको गठबन्धनकाे तर्फबाट कांग्रेसका उम्मदेवार किशोर राईले ३१ र एमाले उम्मदेवार मञ्जु भण्डारीले १६ मत प्राप्त गरेका छन् ।

काठमाडौं महानगरपालिका पनि स्वतन्त्र उम्मदेवार बालेन शाहको अग्रता रहेको छ ।

यस्तै बागलुङ । मा तीन पालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । गलकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका भरत शर्मा गैरेले ५२९ मत ल्याएर अग्रता लिनुभएको छ । नेकपा (एमाले)का पूर्ण काउचाले ३५० र स्वतन्त्र उम्मेदवार मञ्जु शर्माले १५९ पाउनुभएको छ ।

उपप्रमुखमा माओवादीका फमलाल निउरेले ४९४ मतले अग्रता लिनुभएको छ । एमालेका रुपा विकले ३६५ र स्वतन्त्र उमेदवार तिलक उप्रेतीले ५५ मत पाउनुभएको छ । ताराखोला गाउँपालिकामा अध्यक्ष पदमा माओवादीका धनबहादुर विकले २९४ मतले अग्रता लिनुभएको छ । एमालेका ऋषिराम रोकाको ५२ र स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीको ९४ मत छ । उपाध्यक्षमा कांग्रेसका भीमबहादुर रोकाको २९६ एमालेकी थममाया घर्तीले १०२ मत पाउनुभएको छ ।

निसीखोलामा पनि गठबन्धनले अग्रता लिएको छ । अध्यक्षमा कांग्रेसका सूर्यबहादुर घर्तीले १४७ मतले अग्रता लिनुभएको हो । एमालेका भूमिराज घर्तीमगरले ११३ मत पाउनुभएको छ । उपाध्यक्षमा माओवादीका प्रेमबहादुर घर्तीले १०५ र एमालेका भोटु चन्दले ७४ मत पाउनुभएको छ । जिल्लाका अन्य सात पालिकामा मतगणनाको तयारी भइरहेको छ । न्युज24

२०७९ बैशाख ३१, शनिबार ०८:५९ 1 Minute 257 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार