२०७९ जेष्ठ ५
  • काठमाडौँ

काठमाडौंमा बालेन साहले लिए अग्रता

३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।

काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा ७५ मत गन्दा बालेनले २२, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १३ र राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ३ मत पाएका छन् ।

अहिले काठमाडौं महानगरपालिकाको वडा नं १ र ३२ को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै ललितपुर महानगरपालिकामा मतगणना सुरु भएको छ ।

जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा वडा नम्बर १ देखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्लाईन खबर

२०७९ बैशाख ३१, शनिबार ०७:०९ 0 Minutes 77 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार