२०७९ जेष्ठ ५
  • काठमाडौँ

चुनावी परिणामले देशभर राप्रपाको शक्ति बढेको देखायो

काठमाडौं, ३१ वैशाख । देशभरको प्रारम्भिक चुनावी परिणामले राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थितिमा व्यापक सुधार आएको देखिएको छ

राप्रपाले केही पालिकाहरुमा अग्रता लिएको छ । केहीमा उसले मुख्य दललाई कडा चुनौती दिइरहेको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमक नगरपालिकामा राप्रपा दोस्रो स्थानमा छ ।

बुटवल उपमहानगरपालिकामा पनि राप्रपा दोस्रो स्थानमा छ ।रुपन्देहीको एउटा पालिकामा राप्रपा अग्रता लिन सफल छ । काठमाडौंको शंखरापुरा नगरपालिकामा राप्रपाले सुरुवाती अग्रता लिएको छ ।

काठमाडौं उपत्यकाका पालिकाहरु, प्रदेश १, तराई र पश्चिम नेपालका पालिकाहरुमा पनि राप्रपाको मत सुधारिएको देखिएको छ ।राजेन्द्र लिङ्देन अध्यक्ष बनेपछि राप्रपाको शक्ति बढेको आँकलन गरिएको थियो । चुनावी परिणामले राप्रपा बलियो बनेको देखाएको छ

२०७९ बैशाख ३१, शनिबार ०५:४२ 0 Minutes 94 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार