२०७९ असार २०
  • काठमाडौँ

शोकमा डुब्यो स्याङ्जा भोट हाल्न जादा दु”र्घटनामा एकै वडाको १४ जनाको मृ”त्यु

स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटनामा पर्दा १४ जनाको मृ”त्यु भएको छ । स्याङ्जाको वालिङ – १४ अर्खलाबासमा ग २ च ३०२६ नम्बरको जीप आज बिहान मतदाता ओसार्ने क्रममा दु”र्घटना भएको हो ।

स्थानीय निर्वाचनका लागि मतदाता ओसार्ने क्रममा जीप सडकबाट तल खसेको बताइएको छ । सिक्रेदेखि वालिङतर्फ आउँदै गरेको उक्त जीप दुर्घटना भएको थियो । मृ”तकहरुको पहिचान भैसकेको प्र”हरिले जनाएको छ । जीप सडकबाट पाँच सय मिटर तल खसेको बताइएको छ । घ”टनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्र”हरीले जनाएको छ ।

स्थानीय ६३ वर्षकी माया पुन, ५० वर्षकी डेम कुमारी कुँवर, ८६ की हरिकला कुँवर, ५० वर्षकी टेककला कुँवर, २५ वर्षकी जमुना कुँवर, ७० वर्षकी भीमकला कुँवर ९ वर्षका प्रविण कुँवर, ५० वर्षका कुलदीप कुँवर,दुर्घ”टनामा मृ”त्यु भएको जिल्ला प्र”हरी कार्यालय

स्याङ्जाका प्रवक्ता डीएसपी रवीन्द्र खनालले जानकारी दिए । मृ”त्यु हुने अन्यमा ७० वर्षकी मुवाकुमारी कुँवर, ४३ वर्षकी पोटकुमारी कुँवर, ४३ वर्षकी जानुका कुँवर, ४२ वर्षकी ज्ञान दली कुँवर, ५० वर्षकी मीना कुँवर र फूलदेवी कुँवर रहेका छन् ।

त्यस्तै चालक भुलबहादुर कुँवर पनि ग”म्भीर घा”इते भएका छन् । स्थानीय बेलमाया कुँवर, गौतमी थापा, ज्ञानमाया कुँवर, सरस्वती कुँवर, कविता कुँवर, अनिष कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर, सीता कुँवर पनि ग”म्भीर घा”इते भएका छन् । उनीहरुलाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज पठाइएको डीएसपी खनालले जानकारी दिए । गोर्खा डेलि

२०७९ बैशाख ३०, शुक्रबार ०९:३१ 0 Minutes 1110 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।