२०७९ जेष्ठ ५
  • काठमाडौँ

गठबन्धनका कार्यकर्ताद्वारा एमालेका उम्मेदवारमाथि कुटपिट

गठबन्धनका कार्यकर्ताद्वारा एमालेका उम्मेदवारमाथि कु’ट’पि’ट

दार्चुला । दार्चुलाको दुहु गाउँपालिका ५ का नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार मानसिंह बडालमाथि गठबन्धनका कार्यकर्ताले कु’ट’पि’ट गरेका छन् । मंगलबार साँझ प्रचारप्रसारबाट फर्किने क्रममा उनीमाथि कु’ट’पि’ट भएको हो ।

उनको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । वडाअध्यक्षका उम्मेदवार बडालसँगै मानसिंह बडाल, बिरेन्द्र महरा,लालसिंह महरा लगायतको टिममाथि कु’ट’पि’ट भएको एमाले जिल्ला कमिटी उपसचिव खडक बडालले जानकारी दिए । उनले दोषीलाई पक्राउ गरि कारबाहीकोदायरामा ल्याउन माग गरेका छन् ।

यस्तै आजदेखि ६ दिनसम्म विद्यालयहरु बन्द हुने भएका छन् । सरकारले मतदानको दिन ३० गते मात्रै विदा दिने निर्णय भउता पनि धेरैजसो सामुदायिक विद्यालयहरुमा मतदान केन्द्र राखिएको, कतिपय शिक्षकहरु निर्वाचनमा खटिएको र कतिपय मतदान गर्न जिल्ला जानुपर्ने भएको भन्दै आजबाट विद्यालयहरु बन्द गरिएको हो ।

यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा दिन निर्देशन दिएको थियो ।

वैशाख ३१ गते शनिबार परेको र सरकारले जेठ १ गतेदेखि आइतबारको दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेकाले आइतबार पनि विदा हुने छ । जेठ २ गते बुद्ध जयन्ती परेकाले सो दिन पनि सार्वजनिक बिदा हुनेछ । त्यसकारण आजबाट ६ दिनसम्म विद्यालयहरु बन्द हुने भएको हो ।

आजबाट ६ दिनसम्म विद्यालयमा पढाइ नहुने शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले बताइने । हाल देशभर करिब २७ हजार सामुदायिक र करिब ८ हजार निजी विद्यालय छन् ।

सरकारी कार्यालयहरुमा भने निर्वाचनको दिनमा मात्र विदा दिइएको छ । कर्मचारीहरु निर्वाचनमा खटिएकाले सरकारी कार्यालयहरु सीमित कर्मचारीहरुको भरमा सन्चालन भइरहेका छन् । न्युज24 बाट

२०७९ बैशाख २८, बुधबार ०६:१२ 1 Minute 153 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार