२०७९ जेष्ठ ५
  • काठमाडौँ

ओडेसामा हाइपरसोनिक मिसाइल आ’क्र’म’ण

रुस–युक्रेन यु’द्ध’का कारण विश्वभर खाद्यान्नको मूल्य थप उकालो लाग्ने भएको छ ।

रुसले आज युक्रेनको उत्तरी राज्य ओडेसामा हाइपरसोनिक मिसाइलमार्फत आ’क्र’म’ण गरेपछि विश्वबजारमा खाद्यान्नको मूल्य थप बढ्ने भएको हो ।यी दुई मुलुकबीचको यु’द्ध’ले अन्तर्राष्ट्रिय बजारमा पहिलेदेखि नै गहुँ, मकै र खाने तेलको मूल्य प्रभावित छ ।

जेपी मोर्गन कम्पनीका अनुसार यु’द्ध सुरु हुनु अघि यी दुई मुलुकले विश्वको कूल गहुँ निर्यातको २८ प्रतिशत हिस्सा ओगट्थे ।यस्तै, यु’द्धअघि यी मुलुकले विश्व बजारमा कूल निर्यात हुने ६० प्रतिशत सूर्यमुखी तेलको हिस्सा समेत ओगट्ने गरेको अमेरिकी कम्पनी एसएण्डपी ग्लोबलले जनाएको छ ।

तर, दुई मुलुकबीचको यु’द्ध सुरु भएसँगै रुस र युक्रेनबाट हुने गहुँ र सूर्यमुखी निर्यात पूर्णरूपमा प्रभावित बनेको छ ।यसैगरी, युक्रेनको समुन्द्री तटमा रुसले क’ब्जा जमाएको छ । फलस्वरूप युक्रेनको बन्दरगाहमा निर्यातका लागि पुगेको दसौँ लाख टन खाद्यान्न रोकिएका छन् ।

रुस र युक्रेनबाट हुने निर्यात यु’द्ध सुरु भएसँगै रोकिनु र कालासागरमा रहेका खाद्यान्न निर्यात नहुँदा विश्व बजारमा खाद्यान्नको मूल्य बढिरहेको छ ।विश्व बैंकले गरेको प्रक्षेपणअनुसार रुस–युक्रेनबीचको यु’द्धले विश्व बजारमा खाद्यान्नको मूल्य ३७ प्रतिशतसम्म बढिसकेको छ ।

विश्व बैंकका अध्यक्ष डेभिड मल्पास बेलायती समाचार संस्था बीबीसीलाई बताएअनुसार यो महँगी दरले विश्वका १०औँ लाख मानिसलाई गरिबिको रेखामुनि धकेल्न सक्छ । ‘रुस–युक्रेनबीचको यु’द्धले बढेको महँगीबाट गरिब मानिसहरू थप प्रभावित बन्छन्,’ बैंकका अध्यक्ष मल्पास भन्छन्,

‘जसले खानामा थोरै रकम खर्च गरेर शिक्षामा खर्च गर्ने गरेका थिए ।’यस्तै, खाद्यान्नको महँगी बढ्दा आर्थिक स’ङ्क’टमा फसेको श्रीलङ्कालाई झनै स’ङ्क’ट परेको छ । यसैगरी, अफ्रिकाको खाद्यान्न कार्यक्रमहरू थप महँगिनेछन् र ‘अकल्पनीय सङ्क’ट’ आउन सक्ने राष्ट्र संघले चेतावनी दिएको छ ।

यसका साथै, युक्रेनबाट आफ्नो देशमा गहुँ आयात गर्दै आएका मुलुकहरूमा समेत महँगी उकालो लागेको छ ।इजिप्ट, इण्डोनेसिया, बंगलादेश, टर्की, येमन, फिलिपिन्स, मोरोक्को, ट्यूनिसिया, लिबिया र इथियोपियाले युक्रेनबाट सबैभन्दा बढी गहुँ आयात गर्दै आइरहेका थिए । यी मुलुकमध्ये इजिप्टले सबैभन्दा धेरै र इण्डोनेसिया दोस्रो स्थानमा थियो ।

रुस–युक्रेन यु’द्धको प्रभाव इण्डानेसियाबाट निर्यात हुने पाम तेलमा समेत परेको छ । युक्रेनमाथि रुसी ह’म’ला सुरु भएपछि त्यहाँबाट हुने सूर्यमुखी, भटमास र तोरीको तेलको निर्यात रोकिएको थियो । यससँगै, इण्डोनेसियाको आन्तरिक बजारमा खाने तेलको मूल्य एक वर्षयताकै उच्च बिन्दुमा पुगेको थियो ।

जसलाई नि’यन्त्र’ण गर्ने लक्ष्यसहित इण्डानेसियाका राष्ट्रपतिले पाम तेलको निकासी रोक्ने घोषणा गरिसकेका छन् ।यससँगै, विश्व बजारमा खाने तेलको मूल्य थप बढ्ने देखिएको छ । यस्तै, पाम तेल प्रयोग गरेर बनाइने ‘जंक फूड’को मूल्य समेत बढ्ने बताइएको छ भने सौन्दर्यको

सामाग्रीमा समेत मूल्यवृद्धि हुने प्रक्षेपण गरिएको छ । भारतजस्तो विश्वको सबैभन्दा ठूलो पाम तेलको खपतकर्ता मुलुक यसबाट सबैभन्दा धेरै प्रभावित बन्नेछन् । यसैगरी, यही वर्ष दक्षिण अमेरिकामा परेको खडेरीका कारणले त्यहाँ उत्पादन हुने भटमास, सूर्यमुखी र तोरीको तेलको उत्पादन ह्वात्तै घटेको छ ।

२०७९ बैशाख २८, बुधबार ००:०४ 0 Minutes 123 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार