२०७९ जेष्ठ ५
  • काठमाडौँ

श्रीलंका संकट : राजापाक्षे परिवारको घरमा आगजनी, एक सांसदकाे मृत्यु !

कोलम्बो – राजनीतिक तथा आर्थिक सं’क’टबाट गु’ज्रिएको श्रीलंकामा हिं’सात्मक झ’डप भएका छन् । प्रदर्शनकारीले राष्ट्रपति गोटाबाय राजापाक्षे र उनका दाइ महिन्दा राजापाक्षेका अभिभावकको स्मारक भ’त्काइदिएका छन् ।

प्रदर्शनकारीले राजधानी कोलम्बोबाट करिब २५० किलोमिटर टाढा रहेको राजपाक्षे परिवारको घरमा आ’ग’जा’नी गरेका थिए । तीब्र विरोधबीच यसअघि प्रधानमन्त्री राजापाक्षेले सोमबार दिउसो पदबाट राजीनामा दिएका थिए ।

प्रदर्शनकारीले तीन पूर्वमन्त्री र दुई जना सांसदको घरमासमेत आ’ग’ज’नी गरेका छन् । झ’डपमा सत्तारुढ दलका सांसदको मृ’त्यु भएको छ । झ’डपमा सांसद अमरकिर्थी अथुकोरालाको मृ’त्यु भएको हो ।

श्रीलंकाको अवस्था युद्धको जस्तै, पूर्व प्रधानमन्त्री सेनाको शरणमा, त्यहाँ पनि पुगे प्र’दर्शनका’री

श्रीलंकाका निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षे र उनको परिवार देशको उत्तर–पूर्वी भागमा रहेको त्रिन्कोमालीस्थित नौसेनाको आधारमा शरण लिन पुगेका छन्। देशको सबैभन्दा खराब आर्थिक सं’कटलाई लिएर प्रदर्शन भइरहेका उनको घरमा आ’ग’ज’नी भएपछि प्रधानमन्त्री राजापाक्षेले नौसेनाको आधारमा शरण लिएका हुन्।

उनले हालैमात्र प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। राजापाक्षे र उनको परिवारलाई हेलिकप्टरमा नौसेनाको आधारमा लगिएको भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ।

तर राजधानी कोलम्बोबाट करिब २७० किलोमिटर टाढा रहेको नौसेना आधारबाहिर पनि प्रदर्शनकारीहरु विरोध गर्न त्यहाँ पुगेको जनाइएको छ।

आर्थिक संकटलाई लिएर भएको विरोध प्रदर्शनमा पाँच जनाको मृत्यु भएपछि कर्फ्यू लागू गर्न हजारौँ सेना र प्रहरी परिचालन गरिएको छ। राजापाक्षेले सोमबार पदबाट राजीनामा दिएका थिए।

अधिकारीहरुका अनुसार श्रीलंकाको अवस्था युद्धको जस्तै भएको छ। त्यहाँ प्रदर्शनकारीले दिनहुँ हिं’स्रक प्रदर्शन गरिरहेका छन्। कोरोना महामारी, रुस–युक्रेन युद्ध, तथा विदेशी ऋणका कारण त्यहाँ आर्थिक संकट छाएको हो। संकट व्यवस्थापन हुन नसकेपछि त्यहाँ अत्यधिक महँगी बढेको छ। एसेन्जी

२०७९ बैशाख २७, मंगलवार १८:१३ 1 Minute 98 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार