२०७९ जेष्ठ ५
  • काठमाडौँ

ससुरा-बुहारी र श्रीमान-श्रीमती उम्मेदवार

बर्दिया । बर्दियामा ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ससुरा-बुहारी र श्रीमान-श्रीमती उम्मेदवार बनेका छन् । फरक राजनीतिक दलबाट गेरुवा गाउँपालिकाको उपाध्यक्षमा बुहारी र वडाध्यक्षमा ससुरा उम्मेदवार बनेका हुन् ।

नेकपा माओवादी केन्द्रबाट वडा नम्बर-३ को अध्यक्षमा बलबहादुर थारु उमेदवार बनेका छन् । उनकी जेठी बुहारी लक्ष्मीकुमारी चौधरी भने नेपाली कांग्रेसबाट पालिकाको उपाध्यक्षमा उमेदवार बनेकी हुन् । २०७४ को स्थानीय निर्वाचनमा पनि बलबहादुर वडाध्यक्षको उमेदवार थिए । उनी दुई मतले पराजित भएका थिए ।

राजापुर नगरपालिकामा एउटै पार्टीबाट श्रीमान-श्रीमतीले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नगरपालिकाको प्रमुखमा राममणि उपाध्यायले उम्मेदवारी दिंदा उनकी श्रीमती सम्झना उपाध्यायले उपप्रमुखमा उमेदवारी दिएकी छन् ।

कास्कीका पाँचवटै पालिकामा कूल एक हजार ४९१ उम्मेदवार

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लाका पाँचवटै पालिकाबाट प्रमुख तथा उपप्रमुखसहित सदस्यमा एक हजार ४९१ को उम्मेदवारी परेको छ ।

पाँचवटा स्थानीय तहमध्ये सबैभन्दा बढी पोखरा महानगरपालिकामा ८०६ को उम्मेदवारी छ । महानगर प्रमुखमा २८ जना र उपप्रमुखमा ११ जनाको उम्मेदवारी रहेको जिल्ला निर्वाचन कार्यलय कास्कीले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिकामा २०६ जनाको उम्मेदवारी परेकोमा पालिका अध्यक्षमा ११ जना र उपाध्यक्षमा पाँच जना छन् । त्यस्तै माछापुच्छ्रे गाउँपालिकामा १८७ जनाको उम्मेदवारी परेकोमा पालिकाको अध्यक्ष र उपाध्यक्षमा छ/छ जना उम्मेदवार छन् ।

मादी गाउँपालिकामा १७५ जनाको उम्मेदवारी रहेकोमा पालिकाको अध्यक्षमा पाँच र उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ भने रुपामा ११७ जनाको उम्मेदवारी परेको छ । रुपामा पालिकाको अध्यक्षमा तीन र उपाध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको कार्यालयले जनाएको छ ।

२०७९ बैशाख १४, बुधबार ११:५९ 1 Minute 132 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार