२०७९ जेष्ठ ५
  • काठमाडौँ

यु द्धकै बिचमा राष्ट्रपतिले ४ वटा कार र हेलिकप्टरमा अरबौ डलर लिएर भागेको भिडियो भाइरल

यु द्धकै बिचमा राष्ट्रपतिले ४ वटा कार र हेलिकप्टरमा अरबौ डलर लिएर भागेको भिडियो भाइरल

अफगानिस्तानको राष्ट्रिपति अशरफ घानीले चारवटा कार र हेलिकप्टरमा पैसा भरेर लगेको काबुलस्थित रुसको राजदूता वासले दावी गरेको छ ।

आइतबार वार्तामार्फत तालिवानलाई सत्ता हस्तान्तरणको तयारी हुँदै गर्दा राष्ट्रपति घानीले देश छाडेर भागेका थिए । त्यसपछि तालिबानले राष्ट्रपति कार्यालयमा कब्जा गरेको थियो ।

रसियन राजदूतावासका प्रवक्ता निकिता इस्चेंकोले भनेका छन्, ‘चारवटा कार पैसाले भरिएका थिए। उनीहरू हेलिकोप्टरमा पनि पैसा राख्दै थिए, तर सबै पैसा त्यसमा अटाएन र नअटाएको पैसा विमानस्थलको सडकमा छाडेर गए।’ पछि न्युज एजेन्सीसँग कुरा गर्दा पनि उनले सो कुरा दोहोर्याइन् ।यसअघि तालिबानले पनि आफूहरूले काबुल विमानस्थलमा ठूलो मात्रामा पैसा भेटेको दाबी गरेको थियो ।

यो रकम ५० लाख डलर रहेको उनीहरूको दाबी छ । तर, यसको पुष्टि हुन भने बाँकी छ । अहिले काबुलस्थित रुसको दूतावासले पनि त्यही दाबी गरेको छ ।आफ्ना निकटस्थहरू भागेका ​राष्ट्रिपति घानी र उपराष्ट्रपति सालेह कहाँ पुगे भन्ने स्पष्ट जानकारी आएको छैन । केहीले उनीहरू ताजिकिस्तान त केहीले उनीहरू अमेरिका पुगिसकेको दाबी गरेका छन् ।

भिडियो हेर्नुस्

२०७९ बैशाख १४, बुधबार ११:०५ 0 Minutes 177 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार