२०७९ जेष्ठ ५
  • काठमाडौँ

आजसम्म धेरै फन्टुसलाई हेरियो, यसपटक बालेन शाहलाई हेरौ- भिम उपाध्याय

अब काठमाण्डौँबासी जागोस् र जाग्दैछ पनि छ। पुरानो रक्सी नयॉ बोतलमा हैन, नयॉ रक्सी नयॉ बोतलमा भर्न आफू, आफन्त र आफ्नाहरूलाई चुपचाप भन्दै गर्नुस्।

काठमाण्डौँको गरिमा, महिमा र महत्वलाई प्रवद्धन गर्दै सफा स्वच्छ विश्वले वाह वाह भन्ने गरी रूचाईएको सहर बनाउने दिशामा Balen Shah लाई अघि लगाउनुस्, जोत्नुस्। अबको ३/४ कार्यकाल क्षमतावान प्राविधिक युवाका प्रिय कलाकार यी युवालाई काठमाण्डौंप्रति समर्पण गर्न हामी सबैले उत्प्रेरित गर्नुपर्छ।

यिनमा पेशामा पोक्तता, युवावर्गमा पपुलर, काठमाण्डौँको गरिमालाई पुनर्स्थापित एवं रूपान्तरण गरिछाड्ने हुटहुटी छ, त्यसलाई ओईलाउन नदिऔँ। सफल ईन्जिनियर भएका कारण म्यानेजमेन्ट, साईन्स र टेक्नोलजीको सदुपयोग कसरी गर्ने भन्ने कुराप्रति यिनी पूर्ण परिचित छन्। बोलिमा पनि दम छ।

कुनै नेताको कमारो बनेर दल र नेताका लागि ‘माल कलेक्सन एजेन्ट’ बन्नुपर्ने कुनै बाध्यता यिनमा छैन, जनताको सेवा मात्र ध्येय छ। आजसम्म फन्टुसहरूलाई धेरै हेरियो, अब युवा बालेनलाई हेरौँ! झुक्किएर पनि दलका कमाउ चटके एजेन्ट बुढीबुढाहरूको चटकमा यसपाली चैँ नफसौँ। परिवर्तनको ताकत नेतामा हैन, हाम्रो मतमा छ! सही ठाउँमा ड्याम्म ठोकौँ।

बालेन कसैको बिरूद्धमा उठ्दैछैनन्, बरू अरूहरू बडेबडे दल गॉठो जोडेर बालेनको बिरूद्धमा लड्दैछन्। सही मानिस चुनेर बाउसाहेब दलहरूलाई धूलो चटाउन जरूरी छ। मेयर त जो पनि हुन सक्छ तर जो पनि बालेन हुन सक्दैनन्।

अब अट्याचमेन्ट, भावना, जातीयता वा साम्प्रदायिकता हैन, ब्यावहारिकता र बस्तुगत आवश्यकतालाई प्राथमिकता दिन सक्नु नै सचेत नागरिकको चरित्र हो। काठमाण्डौँले ज्वाइँहरूको खुब सेवा गर्दै आएको हो, अब छोरालाई नै अघि किन नबढाउने? आफ्नो भविष्य, आफ्नो भाग्य आफ्नै हातमा मात्र हुन्छ, अरू सबै त सहयोगी सम्म हुने हुन्।

अब एकछापे है! तपाई मतदाता नभए पनि तपाईँका शुभेच्छुक मतदाता मित्रहरूलाई अनुनय विनय गरिरहनुहोला।

२०७९ बैशाख ९, शुक्रबार ०८:०१ 1 Minute 66 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार