२०७९ आश्विन १८
  • काठमाडौँ

मेरो सिन काटेर फिल्म चल्छ भने चलोस् :दुर्गेश थापा

काठमाडौं । ए मेरो हजुर ४ का निर्माता सुनिल कुमार थापाले उक्त चलचित्रबाट गायक दुर्गेश थापाको सिन का´ट्ने निर्णय नभएको बताएका छन् ।

पल शाह प्रकरणका कारण दुर्गेशको सिन का´टि´एको भनेर आएका समाचार उनले ख`ण्ड`न गरे ।नेपाल प्रेससँग कुरा गर्दै थापाले भने, ‘खोइ कसरी समाचार लेखिएका हुन् थाहा भएन । सिन का´ट्ने निर्णय भएको छैन ।’

उक्त चलचित्रमा दुर्गेशको गीत हटाएर जी बबको थपिएको चर्चा पनि अस`त्य भएको उनले बताए । थापाका अनुसार फिल्ममा दुर्गेशको करिब डेढ मिनेटको केमियो भूमिका मात्रै थियो ।

‘दुर्गेशले ए मेरो हजुर ४ मा कुनै गीत गाएका थिएनन् । खाली एउटा छोटो सिनमा अभिनय गरेका थिए, जसमा उनी गायककै रूपमा देखिएका छन् । अब चलचित्रको प्रिमियममा कस्तो प्रतिक्रि`या आउँछ, सिचुयसन कस्तो हुन्छ भन्ने हेरेर मात्रै उनको सिन राख्ने नराख्ने निर्णयमा पुग्छौँ,’ उनले भने ।

दुर्गेश भन्छन् : मेरो फिल्म का`टेर फिल्म चल्छ भने चलोस्

यता गायक दुर्गेश भने फिल्ममा आफ्नो सिन काटिएको/नका`टिएको बारे अन्यो`लमा देखिए । उनले आफूले पनि विभिन्न मिडियामा यो खबर पढेको बताए ।

‘मलाई निर्माण पक्षबाट कुनै जानकारी आएको छैन । यदि मिडियामा आएका कुरा सत्य हुन् भने पनि त्यसमा मेरो कुनै आपत्ति हुँदैन । आखिर सबैले बलेको आगो नै ताप्ने हुन् । मेरो सिन का`टेर फिल्म चल्छ भने त्यसमा म खुसी नै हुन्छु,’ दुर्गेशले भने ।nepalpress.com

२०७८ चैत्र २६, शनिबार ०८:२९ 1 Minute 390 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।