२०७९ आश्विन १४
  • काठमाडौँ

खुसीको खबर : रुसको सेनाहरुलाई भगाएर युक्रेनले राजधानी किभ पूर्ण रुपमा आफ्नो नियन्त्रणमा..

खुसीको खबर : रुसको सेनाहरुलाई भगाएर युक्रेनले राजधानी किभ पूर्ण रुपमा आफ्नो नियन्त्रणमा..

युक्रेनले राजधानी किभ पूर्ण रुपमा आफ्नो नियन्त्रणमा आएको बताएको छ । रुसी सेना फिर्ता हुन थालेपछि किभका सबै क्षेत्रमा आफ्नो पकड फिर्ता भएको युक्रेनको रक्षा मन्त्रालयले बताएको बीबीसीले जनाएको छ ।

रुसी सेनाले किभ नजिकैको होस्टमेल विमानस्थल पनि छाडेका छन् । रुसी सेनाले होस्टमेल विमानस्थललाई केन्द्र बनाएर किभमा आक्रमण गरिरहेको थियो । रुसी सेना किभ सहित युक्रेनको प्रमुख सहरहरुबाट फिर्ता हुन थालेको छ ।

टर्कीमा भएको प्रत्यक्ष वार्ता र त्यसपछि भएको भर्चुअल वार्तामा सहमतीका आधारहरु तयार हुन थालेकाले कारवाही घटाएर सेना फिर्ता गर्न थालेको रुसले जनाएको छ ।

युक्रेनका राष्ट्रपती भलोदिमिर जेलेन्स्कीले भने रुसले युक्रेनको पूर्वी र दक्षिणी क्षेत्र कव्जा गर्न चाहेको बताउनुभएको छ । एउटा भिडियो सन्देशमा जेलेन्स्कीले किभबाट सेना पछि हटेपनि डोनबास तथा दक्षिण क्षेत्रमा कव्जा गर्न प्रयास हुनसक्ने भन्दै सतर्क रहनुपर्ने बताउनुभएको छ ।

२०७८ चैत्र २१, सोमबार ०४:०० 0 Minutes 221 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।