२०७९ आश्विन १४
  • काठमाडौँ

युक्रेनले आफ्नो वार्ता टोलीलाई केही पनि खान र पिउन प्रतिबन्ध लगायो

युक्रेनले आफ्नो वार्ता टोलीलाई केही पनि खान र पिउन प्रतिबन्ध लगायो

काठमाडौं। टर्कीको इस्तानबुलमा मंगलबारदेखि रुस र युक्रेनको प्रतिनिधिमण्डलबीच वार्ता जारी छ । यसैबीच युक्रेन सरकारले आफ्नो प्रतिनिधिमण्डलको लागि नयाँ गाइडलाइन जारी गरेको छ ।

यो गाइडलाइनअनुसार युक्रेनको प्रतिनिधिमण्डलले वार्ताको क्रममा केही पनि खान र पिउन पाउने छैनन् । उनीहरुलाई वार्ताको क्रममा त्यहाँ राखिएका कुनै पनि चीजहरुलाई हातले नछुन पनि निर्देशन दिइएको छ ।

युक्रेनलाई अहिले आफ्ना प्रतिनिधिहरुलाई झुक्याएर विष दिइन सक्ने युक्रेनका विदेश मन्त्रीले पनि जारी गरेको बयानमा जोड दिएरै प्रतिनिधिहरुलाई वार्ताको क्रममा केही नखान र कुनै चीजलाई हात नलगाउन भनेका छन् ।

यसअघिको वार्तामा केही व्यक्तिहरुको स्वास्थ्यमा समस्या आएपछि युक्रेनले अहिले यस्तो कडाइ गरेको हो । युक्रेनका अनुसार अघिल्लो पटक विष दिइएका व्यक्तिमा उसका प्रतिनिधिसहित रुसी अर्बपति रोमन अब्राहिमोभिच पनि थिए ।

डिसिनेपाल बाट

२०७८ चैत्र १९, शनिबार ०९:५३ 0 Minutes 122 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।