२०७९ आश्विन २१
  • काठमाडौँ

नेताले जनतालाई गोरु बनाएको भन्दै हलो जुवा बोकेर महाकाली मेची पैदल यात्रामा

काठमाडौं :

देशमा भइरहेको भ्रष्टाचारको बिरोधमा कैलालीका एक युवा काँधमा हलो जुवाको प्रतिक बोकेर पश्चिम महाकाली देखि पुर्व मेची पैदल यात्रामा निस्केका छन् ।

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ खुरखुरीया निवासी देवराज पाध्यायले चैत्र १ गते महाकालीको गड्डाचौकीबाट पैदल यात्रा सुरु गरेको बताए ।

चैत्र १४ गते सोमबार बिहान रुपन्देहीको देवदह आइपुगेका पाध्यायले नेताहरुले जनतालाई गोरु बनाएको महसुस गरेकाले काँधमा हलो र जुवा बोकेर पैदल यात्रामा निस्किएको बताए ।

उनले आउने चुनावमा हाम्रोलाई भन्दा राम्रोलाई जिताएर देशको दीर्घकालिन बिकास गर्नुपर्ने आग्रह गर्नुपनि आफ्नो पैदल यात्राको उद्देश्य रहेको बताए । पैदल यात्री पाध्यायले संसदबाट पारित भएको अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्नुपर्ने आफ्नो माग रहेको जिकिर गरे ।

जमानादेखि नेपालमा बिदेशी सहयोग आएको भएपनि नेताहरुले भ्रष्टाचार गरेका कारणले देश बिकास हुन नसकेकाले एमसीसीमा समेत भ्रष्टाचार हुने भन्दै सम्झौता खारेज हुनुपर्ने आफ्नो माग रहेको बताए । यात्राको क्रममा बिभिन्न ठाउँमा स्थानिय, प्रहरी तथा व्यवसायीहरुले सामान्य सहयोग गरेको बताउँदै दैनिक ३५ किलोमिटर यात्रा गरिरहेको जानकारी गराए । ताजा खबर बाट

२०७८ चैत्र १७, बिहीबार २०:११ 0 Minutes 175 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।