२०७९ आश्विन २१
  • काठमाडौँ

यीनै हुन आज टिप्पर दुर्घटना हुदा मृत्यु भएका सृष्‍टि र श्रेया

काठमाडौं, १६ चैत

बुधबार सुन्दरीजलमा टिपरको ठ’क्क’रबाट ज्यान गुमाएका दुई बालिकाको शव १० घण्टापछि उठाइएको छ । आज बिहान गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा टिपरको ठ’क्क’रबाट २ बालिका दिदी बहिनीको ज्या’न गएको थियो ।

दिउँसो स्थानीय प्रशासनको रोहवरमा आफन्त र टिपर कम्पनीसँगको छलफलपछि शव उठाइएको हो । टिपर कम्पनीले मृ तकका परिवारलाई ४५ लाख रुपैयाँ दिने सहमति भएको छ । त्यस्तै घाइतेको उपचार पनि टिपर कम्पनीले नै गर्ने सहमति भएको हो ।

सहमतिपछि दुवै बालिका दिदीबहिनीको शव आफन्तले बुझेर लगेको गोकर्णेश्वर नगरपालिका १ का वडाध्यक्ष राम मानन्धरले जानकारी दिए । ठ’क्क’र दिने टिपर कम्पनी सुन्दरी माई वासिङले ४५ लाख रुपैयाँ क्षतिपूर्ति र घाइते रोहन तामाङको उपचार गर्ने सहमति गरेका हुन् ।

८ वर्षीया ठूली छोरी सृष्‍टि वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा कक्षा २ मा पढ्थिन्। ४ वर्षकी श्रेयालाई पनि महामारीपछि लकडाउन खुलेसँगै यही वर्ष त्यही स्कुलको नर्सरी कक्षामा भर्ना गरेका थिए। वडाध्यक्ष राम मानन्धरका अनुसार घिसिङ चढेको मोटरसाइकललाई घरबाट निस्केको केहीबेरमै टिपरले ठक्कर दिएको थियो।

सोही वडाको मेलम्ची चोकस्थित बराही मन्दिरछेउ पुग्दा उनी चढेको मोटरसाइकललाई बा ४ ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएको थियो।रोहन पनि दुई छोरीलाई बिहानै मोटरसाइकलबाट बस स्टपसम्म लैजान्थे​। त्यहाँ पुग्न मोटरसाइकलमा १० मिनेट जति लाग्छ। कहिलेकाहीँ ढिला पनि हुन्थ्यो।

‘ढिला भएर बस छुटेमा चार किलोमिटर छिचोलेर विद्यालयसम्म दुवै छोरीलाई मोटरसाइकलमै ल्याउनु हुन्थ्यो’, प्रिन्सिपल निराजन सेढाईले भने।बुधबार पनि उनको यही शिलशिला चलेको थियो। तर, यो पटक सधैँजस्तो भएन, रोहन छोरीहरू लिएर बस स्टपसम्म पनि पुग्न पाएनन्।

काठमाडौंका धेरैजसो भित्री बाटोमा विद्यालयका बस पुग्दैनन्। अभिभावकले छोराछोरीलाई आधा बाटोसम्म आफैँ पुर्‍याउनुपर्छ। उनी बसेको क्षेत्रमा सडक कालोपत्रे हुँदैछ। कालोपत्रे हुँदै गरेको त्यही सडकमा बालुवा बोकेको टिपर अगाडि गुडिरहेको थियो। रोहन पछि पछि। गुडिरहेकै बेला विपरीत दिशाबाट आएको गाडीलाई बाटो पुगेन।

त्यस्तै, गोकर्णेश्वर नगरपालिकाले पीडित परिवारका एक जनालाई नगरपालिकामा रोजगारी दिने र नगरपालिकाबाट समेत केही रकम उपलब्ध गराउने सहमति भएको छ । सहमतिपछि पीडित परिवारले दुवै जनाको शव बुझेर लगेका हुन् ।

आज बिहान ८ बजेतिर बुबा रोहन तामाङसँग मोटरसाइकलमा जाँदै गरेका ८ वर्षीया सृष्टि र ४ वर्षीया श्रेयाको टिपरको ठ’क्क’रबाट ज्यान गएको थियो । स्थानीय वर्ल्ड यूथ इन्टरनेसनल स्कुलमा सृष्टि २ मा र श्रेया नर्सरीमा पढ्ने दुवै जनाको घटनास्थलमै ज्यान गएको थियो ।

मेलम्ची चोक नजिकै ब्याक गर्दै गरेको बा४ख ६९६५ नम्बरको टिपरले उनीहरूलाई किचेको थियो। गम्भीर घाइते रोहनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ।

घटनापछि आ’क्रो’शित स्थानीय र आफन्तले टिपरमा आ’गज’नी ग’रे’का थिए । मेलम्ची चोकको स्थानीयले प्रदर्शन समेत गरेका थिए । स्थिति नियन्त्रणमा लिन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । ताजाखबर बाट

२०७८ चैत्र १६, बुधबार १४:२५ 1 Minute 246 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।