२०७९ आश्विन १४
  • काठमाडौँ

हराएको ३० वर्षपछि बनाएको नक्साले आमासँग पुनर्मिलन, गाउँको चित्रले गरायो भेट

एजेन्सी । अपहरणमा परेको ३० वर्षपछि एक चिनियाँ पुरुषले सम्झनाको आधारमा बनाएको बाल्यकालको गाउँको चित्रका कारण आमासँग भेट्न पाएका छन् । ली जिङ्वी आफ्नो घरबाट चोरिएर बेचिँदा चार वर्षका मात्र थिए ।

डिसेम्बर २४ तारिखमा उनले आफूले कोरेको नक्सा भिडिओ एप डोउयीनमा राखे जसलाई प्रहरीले उनको गाउँ र आमा भेट्टाउन सघाएको बीबीसीले जनाएको छ । ‘यो मेरो घर भएको ठाउँको नक्सा हो जुन मैले आफ्नो स्मृतिबाट बनाएको हुँ’, उनले गाउँको खेस्रा कोरेको कागज देखाउँदै भनेका छन् ।

उनले लेखेका छन्, ‘३० वर्षको प्रतीक्षा, व्यग्रताका अनगिन्ती रात र अन्ततः सम्झनाको आधारमा हातले कोरेको नक्सा ।’ आमासँग पुनर्मिलन अघि लीले आमा भेट्न सघाउने सबैलाई धन्यबाद दिएका छन् । ली युनान प्रान्तको एउटा दक्षिण–पश्चिमी सहरबाट सन् १९८९ मा १ हजार ८ सय किलोमिटर टाढा बेचिएका थिए ।

चार वर्षदेखि आमाको काखबाट अलग्गिएका लीले जब आफ्नो आमालाई ३० वर्षपछि भेटे तब उनले आमालाई अंगालोमा बाँधेर यसरी रोए कि उनी रोएको देखेर देख्नेहरुपनि भक्कानो छोडेर रोएका थिए ।

उता छोरा घरबाटै हराएको दिनदेखि छोराको सम्झनामा वर्षौं बिताएकी उनकी आमाले पनि आफ्नो छोरालाई आफ्नै अगाडी पाउँदा अंगालोमा बेरेर निकै बेर रोईरहीन् । उनकी आमासंगै उनलाई सकुशल घर फर्किएको देखेर उनका गाउँलेहरुपनि निकै नै भावुक भएका थिए ।

२०७८ चैत्र १५, मंगलवार १६:१५ 0 Minutes 730 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।