२०७९ आश्विन १४
  • काठमाडौँ

म्यादी प्रहरीमा नाम निस्केपछि तीन महिनाकी सुत्केरीले भनिन् : ‘अब देश र जनताको सेवा गर्छु’

मुस्ताङ :

घर परिवारको सामान्य आर्थिक अवस्था र देश र जनताको सहयोगको लागि आफूलाई म्यादी प्रहरीमा भर्ना हुने रहर बढेको उनले बताइन् । बच्चा लिएर कसरी म्याद प्रहरीमा काम गर्न सक्नु हुन्छ भनी सोध्दा उनीले भनिन्,’ मेरी बहिनी छे ,छोरा र छोरी उनकै जिम्मा लगाएर काम गर्छु भनी आएकी हुँ , हेरौं म म्यादी प्रहरीमा छानिन्छु की छानिन्न, थाहा छैन ।’

जोमसोम : जिल्ला प्रहरी कार्यालय मुस्ताङको बाहिरी परिसरमा युवायुवतीको बाँक्लो भीडभाड देखिन्छ । त्यो भीड अरु केही नभइ म्यादी प्रहरीमा भर्ना हुन आएका युवायुवतीहरुको थियो । गत मंगलबारदेखि म्यादी प्रहरी भर्ना अभियान सुरु भएकोमा त्यसको ६ दिनपछि आइतबार छनौट भएका व्यक्तिको नाम प्रकाशित हुँदैछ । यसैले होला म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिएकाहरु आफूहरु छनौट भए/नभएको थाहा पाउन प्रहरी कार्यालय अगाडि व्यग्र प्रतिक्षामा बसेका थिए ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङको बाहिरी भागको गेट नजिकै स्वास्थ्य कार्यालयको मुख्य प्रवेशद्वार छ । त्यही प्रवेद्वारको आडैमा ३ महिनाकी छोरी च्यापेर बसेकी थिइन् एक २४ वर्षीया महिला । उनी त्यहाँ म्यादी प्रहरीमा आफ्नो नाम परे/नपरेबारे बुझ्न आएकी हुन्।

बच्चा लिएर कसरी म्याद प्रहरीमा काम गर्न सक्नु हुन्छ भनी सोध्दा उनीले भनिन्,’ मेरी बहिनी छे ,छोरा र छोरी उनकै जिम्मा लगाएर काम गर्छु भनी आएकी हुँ , हेरौं म म्यादी प्रहरीमा छानिन्छु की छानिन्न, थाहा छैन ।’

रोल्पा दाङछुका घर भएकी ति महिलाको नाम हो गीता बुढामगर । उनी आफ्नो श्रीमानसँगै म्यादी प्रहरीमा जागिर खान त्यहाँ आएकी रहेछिन् । उनको सानै उमेरमा दिपक पुन मगरसँग गाउँमै विवाह भएको रहेछ। उनीहरुका अहिले दुई सन्तान छन् । जसमध्ये ठूलो छोरो ५ कक्षामा पढ्दैछ भने सानी छोरी ३ महिनाकी छन् ।

गाउँमा बस्दा साधारण खेतीपाती गर्दै आएका उनीहरु एक वर्षअघि मात्र रोजगारको क्रममा मुस्ताङ आएका थिए । उनीहरु थासाङ गापा —१ टुकुचेमा कोठा लिएर सामान्य ज्यालामजदुरी गर्दै बसेका थिए । उनीहरुसँगै गीताकी बहिनी पनि टुकुचे आएकी थिइन् । गीता र दिपकको बिहे भएको पनि नौ वर्ष पुगिसकेको थियो। मुस्ताङमा उनीहरुले खेतीपाती र अन्य काम गरी जिविकोपार्जन गर्दै आएका छन्।

‘पहिलो चरणमा त मेरो नाम पर्‍यो सर , हेरौं तालिममा पास भइएला वा नभइएला । यदि पास भएको खण्डमा स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरीको काम कर्तव्य र दायित्व जिम्मेवारीका साथ अवश्य पुरा गर्नेछु , ‘उनले भनिन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

२०७८ चैत्र १५, मंगलवार १५:५१ 0 Minutes 134 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।