२०७९ आश्विन २२
  • काठमाडौँ

‘बजाई देउ’पछि समिक्षाले ल्याइन् ‘हाँगाको फुल’को गित सार्बजनिक (भिडियो)

काठमाडौँ ।

चर्चित गीत कुरा काट्ने मान्छेले काटुनका गायक सुभाष पुरीको प्रस्तुतीमा अर्को नयाँ गीत हाँगाको फुलको भिडियो बजारमा आएको छ ।

लोकप्रिय गायिका समीक्षा अधिकारीको आवाजमा रहेको हाँगाको फुलले प्रेमका नाममा प्रेमीकालाई धो`का दिने युवा जमातहरुको मार्मिक र यर्थाथ विषयलाई कलात्मक शैलीमा भिडियोमा देखाइएको छ ।

प्रेमीलाई आफ्नै ठानेर मनको घडेरी दिएपनि समयसँगै प्रेमी फेरीएको र बिचबाटोमा नै धोका दिएको कथालाई निर्देशक बिक्रम चौहानले गज्जबसँग भिडियोमा प्रस्तुत गरेका छन् । भिडियोमा टिकटकबाट चर्चा कमाएकी सुन्दरी मोडल बिना राउत र बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ ।

दिनेशराज पुरीको शब्द शृजनामा नबिन कार्कीको संगीत रहेको गीतको छायांकन प्रकाश खड्काले गरेका हुन् भने मिलन बिकले सम्पादन गरेका हुन् ।

केही समय अघि मात्रै गायक सुभाष पुरी र गायिका समीक्षा अधिकारीको आवाजमा ‘बजाई देउ’ बोलको गीत बजारमा आएको थियो । जसको व्यापक चर्चा भएको थियो ।

२०७८ चैत्र १५, मंगलवार ०९:३६ 0 Minutes 228 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।