२०७९ जेष्ठ ५
  • काठमाडौँ

पुरुषले खाने गर्भनिरोधक चक्की बन्यो

काठमाडौं।

वैज्ञानिकहरुले पुरुषहरुको लागि गर्भनिरोधक खाने चक्की बनाएका छन् । यो चक्की ९९ प्रतिशतसम्म प्रभावकारी रहेको बताइएको छ । यो औषधिको परीक्षण मुसामा गरिसकिएको छ र यो औषधिबाट कुनै साइड इफेक्ट देखिएको छैन ।

वैज्ञानिकहरुले यो गैर हर्मोनल औषधिको नाम वाइसीटी ५२९ राखेका छन् । यो औषधि करिब ४ हप्तासम्म मुसालाई दिइयो जतिबेला मुसाको गर्भाधान रोकियो । ४ हप्तापछि यो चक्की दिन बन्द गरेपछि पुनः मुसाहरुले बच्चा जन्माए ।

मुसामा शोध गरिसकेपछि अब मिनेसोटा विश्वविद्यालयका वैज्ञानिकहरुले यो गर्भनिरोधकको मानिसमा परीक्षण गर्दैछन् । यो औषधिबाट पुरुषको शरीरमा एक खास किसिमको प्रोटिनलाई रोकिन्छ जसबाट शुक्रणुहरुलाई रोक्न सकिन्छ । यो शोधको नेतृत्व गर्ने प्रोफेसर गुंडा जर्जका अनुसार यो नन हर्मोनल ड्रग पुरुषहरुको लागि निकै प्रभावकारी छ । १९५० देखि नै वैज्ञानिकहरु पुरुषहरुको लागि चक्की, जेल र सुइ जस्ता गर्भनिरोधक बनाउने प्रयास गरिरहेका छन् । तर, अहिलेसम्म कुनै पनि विधिले स्वीकृति पाएको छैन ।

पुरुषहरुको लागि वाइसीटी ५२९ गर्भनिरोधक चक्की बनाउने टिमका सहयोगी अब्दुल्ला अल नोमानका अनुसार साइड इफेक्टहरुलाई कम गर्नको लागि नन हर्मोनल चक्की बनाइएको हो । यो औषधिले पुरुष शरीरमा रेटिनोइक एसिड रिफ्लेक्टर अल्फालाई लक्ष्य बनाउँछ । यो एक प्रोटिन हो जसले शुक्राणु निर्माण सहित कोशिकाहरुको विकासमा अहम भूमिका निभाउँछ । ताजाखबर बाट

२०७८ चैत्र १५, मंगलवार ००:२२ 0 Minutes 128 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार