२०७९ आश्विन २२
  • काठमाडौँ

एक महिना अघि मृ’त्यु भएका सईको पनि बढुवा

बढुवामा प्रहरी हेडक्वाटरले गरेको लाहपरवाही छताछुल्ल भएको छ । आइतबार प्रहरी हेडक्वाटरले ४८८ जना प्रहरी नायव निरीक्षक (सई)लाई वरिष्ठ सईमा बढुवाका लागि सिफारिस गर्यो।

सिफारिस सूचीको ३६३ नम्बरमा नाम थियो अर्जुन पौडेल। उनको दरबन्दी जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन उल्लेख गरी बढुवाका लागि सिफारिस गरिएको थियो। हेडक्वाटरले यसरी नियमित बढुवा सूची अनुसार बढुवा सिफारिसमा परेका पौडेल भने एक महिना अघि नै बितिसकेका व्यक्ति हुन्।

तर, यसबारे प्रहरीले हेडक्वाटरले कुनै जानकारी नै नपाए जसरी सरुवाको सूचीमा उनको नामसमेत समावेश गरेको छ। मृ’त्युपछि पनि बढुवा गर्ने चलन भने प्र’ह’रीमा नभएको होइन। तर, त्यसका लागि प्रहरी नियमावलीको दफा ३९ अनुसार बढुवा गर्नुपर्ने हुन्छ। दफा ३९ को १ को (ग)मा मृ’त्युपछि पनि बढुवा गर्न सकिने प्रावधान छ।

तर हेडक्वाटरले आइतबार राति निकालेको बढुवाको दफा ३९ अनुसार नभई दफा ३० को ४ अनुसारको हो। यसरी दफा ३० को ४ अनुसारको सूचीमा मृ’त्यु भइसकेका व्यक्तिलाई बढुवा गर्न मिल्दैन। प्र’ह’री हेडक्वाटरको कमजोरीका कारण मृ’त्यु भइसकेका पौडेलको एक महिनापछि बढुवा भएको देखिन्छ।

सई पौडलको गत फागुन १९ गते दु’र्घ’ट’नामा परी मृ’त्यु भएको थियो। चितवनको भरतपुर महानगरपालिका–६ स्थित जयनेपाल चोकमा ट्याक्टरको ठक्करबाट सई पौडेलको मृ’त्यु भएको थियो।

२०७८ चैत्र १४, सोमबार १५:५३ 0 Minutes 165 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।