२०७९ आश्विन २१
  • काठमाडौँ

जर्नेलले नाबालक छोरालाई ‘बर्दी’ भिराएर टिकटक बनाउन लगाएपछि…..

भूतपूर्व एक तारे जर्नेल धर्म बानियाँले उमेर नपुगेको छोरालाई आफ्नो बर्दी भिराएर टिक टक बनाउन लगाएका छन् । सेनाजस्तो संवेदनशील सुरक्षा निकायको उपल्लो तहबाट अवकाशप्राप्त अधिकारीले आफ्नो बर्दी अरुलाई लगाउन दिनु नै गम्भीर अप`राध हुने सैनिक अधिकारीहरु बताउँछन् ।

बानियाँको किशोर उमेरका छोराले जर्नेल पिताको पूर्ण पोशाक लगाएर सामाजिक सञ्जालमा पोष्ट गरेपछि उक्त विषयमा बहस शुरु भएको छ । सुरक्षा निकायका कर्मचारी र अधिकारीहरु सेवानिवृत्त भए पनि पदीय दायित्य पूरा गर्ने क्रममा पाएका पोशाक,फुली र तक्माको हिफाजत गर्ने प्रमुख जिम्मेवारी सम्बन्धित व्यक्तिको भएको हो ।

बानियाँका छोराले पोशाक लगाउँदै हालेको फोटोमा लेखेका छन्, ‘सेनाका निकै आदरणीय जर्नेलहरुमध्येमा पर्नुहुने मेरा पिता धर्म बानियाँको छोरो हुन पाउँदा गौरवान्वित ठानेको छु ।

’यससम्बन्धमा नेपाली सेनाका एक जना भूतपूर्व दुई तारे जर्नेलले भने,‘यस्तो गर्न दिने उनका पिताको नैतिक अ´पच´लन भएको मानिन्छ । उनले नैतिक दायित्व वहन गरेको देखिएन । उमेर नपुगेका छोराछोरीलाई राज्यको सबैभन्दा महत्वपूर्ण निकायले उपलब्ध गराएको पोशाक लगाएर गाईजात्रा देखाउन दिनु ठूलो दो`ष हो ।’

उमेर पुगेका कसैले पनि सुरक्षा निकायको फुलीसहितको पोशाक लगाएमा ऊ कारवाहीमा स्वतः पर्छ । तर बानियाँ पुत्रको हकमा उमेर नपुगेकोले सबै जिम्मेवारी उनको पिताले लिनुपर्ने सेनाका भूतपूर्व अधिकारीहरुको भनाइ छ ।

उनै जर्नेलले विगतको एउटा उदाहरण दिँदै भने, ‘एक जना ठूलै हाकिमले सैनिक पोशाकको फोटो हालेर लेख छापेपछि कारवाहीको दायरामा परेका थिए । त्यसैले त्यस्तो संवेदनशील पोशाक घरमा ल्याएर जतन गर्न नसक्नेले किन ल्याउनु ? आफूले त ल्याइएको छैन,टण्टै साफ ।’

सोही सन्दर्भमा सैनिक प्रवक्ता नारायण सिलवालको धारणा बुझ्दा उहाँले फोटो, बालकको उमेर र सन्दर्भ हेर्न नपाएकाले तत्काल ठ्याक्कै र किटानीसाथ भन्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यसो भएको छ भने,त्यो राम्रो होइन । सेनाको पदीय मर्यादा र गरिमामा आँच आउने खालका कार्य गर्न कसैलाई पनि छुट छैन ।’

-जनआस्थाबाट

२०७८ चैत्र १२, शनिबार ११:४९ 1 Minute 148 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।