२०७९ आश्विन १४
  • काठमाडौँ

आफ्ना चारै जना छाेरालाई नेपाली सेनामा प्रवेश गर्नको लागी अभिप्रेरित गर्ने आमा सम्मानित..

आफ्ना चारै जना छाेरालाई नेपाली सेनामा प्रवेश गर्नको लागी अभिप्रेरित गर्ने आमा सम्मानित..

काठमाडौ : आफ्ना चारै जना छाेरालाई नेपाली सेनामा प्रवेश गर्न अभिप्रेरित गर्ने आमालाई नेपाली सेनाले सम्मान गरेकाे छ ।

हिजो बुधवार डाेटीकाे दिपायलमा भएकाे भूपू सैनिक सम्मेलनमा प्रधानसेनापति प्रभुराम शर्माले बैतडीकाे दशरथचन्द नगरपालिका ३ बरकुराली बस्ने धनमाया नाथ याेगीलाई नगदसहित प्रमाणपत्र दिएर सम्मान गर्नुभएकाे हाे । प्रधानसेनापति शर्माले धनमायाका श्रीमान् स्व. गणेश नाथप्रति पनि सम्मान व्यक्त गर्नुभयाे ।

धनमायाका छाेराहरू– नरेश नाथ, राम नाथ, लक्ष्मण नाथ र दिलिप नाथ नेपाली सेनामा कार्यरत हुनुहुन्छ ।

२०७८ चैत्र १०, बिहीबार १३:०० 0 Minutes 193 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।