२०७९ आश्विन १४
  • काठमाडौँ

पलका म्यानेजर जोशीविरुद्ध अभियोग : सम्बन्ध राख्न सहज बनाइदिए, घटना लुकाउन भूमिका खेले

काठमाडौं । अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशीले किशोरीवि`रुद्ध भएको ज`बरज`स्ती कर`णीको घ`टना लुका`उन भूमिका खेलेको दावीसहित जिल्ला अ´दा´लत तनहुँमा अभियोग पत्र दर्ता भएको छ ।

मंगलबार जबर्ज`स्ती क`रणी मु`द्दामा शाहसँगै जोशीलाई पनि विपक्षी बनाएर दा`यर गरिएको अभियोग पत्रमा जोशीले शाहसँग किशोरीलाई सम्बन्ध राख्न र नजिक हुन वातावरण बनाएको निष्कर्ष निकालिएको छ । शाहसँग घुम्न जाँदा उनले भनेको सबै कुरा माने भविष्य राम्रो हुन्छ भनेर किशोरीलाई प्र`लो`भ`न देखाएको पनि उल्लेख गरिएको छ ।

पी`डि`त किशोरीको बुबाले दिएको पूरक जा´हे´रीमा पनि जोशीले शाहसँग ‘स´म्बन्ध राख, तिमीलाई विवाह गर्छ, तिम्रो भविष्य राम्रो हुन्छ’ भनेर फकाएर एउटै कोठामा बस्न बाध्य पारेर ज`बरज`स्ती क`रणी गर्ने व्यवस्था मिलाएको भनिएको छ ।

क`रणी भएपछि त्यसबारे कसैलाई नभन्न, प्रहरीमा उ´जुरी नगर्न र मिल्न द´बाब पनि उनले दिएको अभियोगपत्रमा उल्लेख गरिएको छ । ‘मुख्य अपराधीलाई जोगाउन उनले आ´प´राधि´क ष`ड्य`न्त्रको क`सूर गरेका थिए’ पूरक जा´हेरीमा उल्लेख छ ।

शाहका म्यानेजर जोशी स्वयंले पनि बयानमा पी´डितलाई प्र´लोभ´नमा पार्न खोजेको स्वीकारेका छन् । उनले किशोरीबारे सूचना संक´लन गर्न एक जनालाई प्र´लो´भ´न देखाएको पनि खुलाएका छन् ।

‘मलाई शाहले पुनः म्यानेजरको जिम्मेवारी दिएकाले मैले पी`डित नाबालिकालाई एउटै क्षेत्रमा काम गर्ने हुँदा मिलेर जाउँ भन्दा पी´डितले उ´जुरी गर्छु भनेकाले मैले दुर्गा अधिकारीलाई पी´डित नाबालिका के गर्छिन्, कसो गर्छिन् हामीलाई खबर गर तिमीलाई मैले गीत संगीतमा सहयोग गर्छु भनेको थिएँ’ जोशीले भनेका छन्, ‘अधिकारीले भने अनुसार काम नगरेकीले उनलाई ध`म्कीपूर्ण म्यासेज पनि पठाएको थिएँ ।’

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार सुरुमा मासिक २५ हजार रुपैयाँमा काम गरिरहेका म्यानेजर जोशीको शाहसँग मनमु`टाव भएपछि २०७८ असारमा म्यानेजरबाट हटाइएका थिए । तर केही समयपछि वि`वाद सुरु भएपछि शाहले उनलाई सम्पर्क गरेर तलब दोब्बर बनाएर सहयोग गर्न भनेका थिए । ‘त्यसपछि नै उनले पी`डितलाई प्र`लो`भन देखाउन र उनको हरेक गतिविधिबारे सूचना संकलन गर्न थालेका थिए’ ती अधिकृत भन्छन् ।

किशोरीको गतिविधिबारे सूचना संकलनका लागि उनले अधिकारीलाई प्र`स्ताव गरेका थिए । अधिकारीको बयान अनुसार उनलाई पी`डित नाबालिका ‘कहाँ जान्छे, कोसँग के कस्तो कुरा गर्छे, त्यसबारे राम्रो नराम्रो खबर बुझेर दिए ५० लाख रुपैयाँसम्म’ दिने प्रस्ताव राखिएको थियो ।

साथै, उनलाई म्यूजिक भिडियोमा खेल्ने अवसर पनि दिने आश्वा`सन दिइएको थियो । तर, नमानेपछि ध`म्कीपूर्ण म्यासेज पठाएको भनिएको छ । यसरी पठाइएको म्यासेज आफ्नै भएको जोशीले पनि स्वीकारेका छन् ।

जोशीले आ`वेगमा ‘आफूलाई मान्छे मा`र्न केही जस्तो लाग्दैन’ भनेर समेत भनेको बयान दिएका छन् । सरकारी वकिलको कार्यालय, तनहुँले उनलाई मुलुकी अ`प`राध सं`हि`ता अनुसार जबर्ज`स्ती क`र`णीको म`ति`या`रको क`सू`रमा सात वर्ष जे`ल स`जा`य माग दाबी गरेको छ । अन्लाईन खबर बाट

२०७८ चैत्र ९, बुधबार ०३:५१ 0 Minutes 113 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।