२०७९ असार १८
  • काठमाडौँ

सेफोक्सुण्डो ताल पुगेर एउटै ब्ल्याङ्केट भित्र अनमोल र सुहाना (भिडियो हेर्नुस्)

पछिल्लो समय चलचित्र निर्माणका लागि निर्माण समुहले निकै मेहनत गर्ने गरेको छ । त्यसैले पछिल्ला समय बनेका चलचित्रहरुमा निकै राम्रा दृष्य देखिन्छन् भने प्राविधिक रुपमा पनि उत्कृष्ठ चलचित्र बन्न थालेका छन् । त्यसको उदाहरण झरना थापाको ब्यानरलाई लिन सकिन्छ । उनको ब्यानरमा बन्ने फिल्ममा कलाकारहरुले धेरै नै मेहनत गरेको देखिन्छ । फिल्म सुटिगंको बेलाका भिडियो सार्वजनिक भएका छन् । त्यसवाट यस्तै देख्न सकिन्छ ।

अहिले झरनाको ब्यानरले ए मेरो हजुर ४ निर्माण गरिरहेको छ । त्यसका लागि यो समुह से फोक्सुण्डो ताल पुगेको छ । यसको टाइटल गीत छायांकनका लागि गरिएको मेहनत पनि प्रशंसायोग्य छ । चलचित्र छायांकनका लागि आवश्यक पर्ने सामग्री घोडा, खच्चडलाई बोकाएर लगिएको छ भने कलाकारहरु पनि पैदल यात्रामा त्यहाँ पुगेका छन् । त्यहाँको वातावरण निकै चिसो र सिरेटो चल्ने खालको छ ।

यस अघि पनि हिउँले ढाकिएको ठाउँमा पुगेर झरनाकी छोरी सुहाना र भुवक केसीका छोरा अनमोलले निकै मेहनत साथ फिल्मको छायांकन गरेका थिए । त्यसको भिडियो सार्वजनिक भएको थियो । ए मेरो हजुरको टाइटल गीत हिउँमा छायाँकन गरिएको थियो । अहिले पनि त्यस्तै मेहनत गरेर फिल्मको गीत छायांकन गरिएको छ ।

चिसो यति थियो की एक सिनको छायांकन सकिए पछि अनमोल र सुहानालाई फिल्म निर्माताले एउटै कम्बल ओढाउने गरेका थिए । मुटु कमाउने जाडो र सिरेटोमा निकै पातलो लुगा लगाएर छायांकन गरिएको देखिन्छ । झरना र भुवनले आफ्ना छोरा छोरीलाई फिल्मको लागि निकै मेहनत गर्न अभिप्रेरित गरेको देखिन्छ । tajakhabar बाट

२०७७ चैत्र २०, शुक्रबार १३:१४ 1 Minute 284 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।