२०७९ आश्विन १८
  • काठमाडौँ

मुलुक बाहिर जाने प्रत्येक यात्रुबाट १५ सय उठाइने

चैत ७, काठमाडौँ ।सरकारले विमानस्थलको दस्तुर नियमावली क्याबिनेट बैठकबाट पास गरेको छ ।

हालसम्म अन्तर्राष्ट्रिय विमानस्थलबाट मुलुक बाहिर जाने प्रत्येक यात्रुबाट एक हजार रुपैयाँ लिने व्यवस्था छ । केही समय अघिसम्म विमानस्थलमै त्यस्तो कर तिर्नुपर्ने व्यवस्था थियो भने पछि टिकटमार्फत् उक्त रकम उठाउन थालियो ।

त्यही एक हजारलाई अब भने १५ सय रुपैयाँ बनाइएको छ । यसो गर्दा बार्षिक सरकारलाई १५ अर्ब नाफा हुन्छ । हालसम्म काठमाडौंमा मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ ।

पहिले एउटा विमानस्थललाई लक्षित गर्दै त्यहिबमोजिम दस्तुर नियमावली बनाइएको थियो । अब छिट्टै भैरहवा र पोखरा विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडानको तयारी गरिएकाले उक्त नियमावलीको विद्यमान व्यवस्थामा संशोधन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बताएको छ । जनताको आवाज बाट

२०७८ चैत्र ७, सोमबार १०:५४ 0 Minutes 268 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।