२०७९ आश्विन १४
  • काठमाडौँ

बेरोजगार हुनुको पिडा: दुधे बच्चा बोकेर म्यादी प्रहरी बन्न लाइनमा

प्रहरी प्रधान कार्यालयले खुलाएको दरखास्त अनुसार म्यादी प्रहरीमा भर्ती हुनेका लागि युवाहरुको आकर्षण देखिएको छ । चैत १ गते प्रकाशित सूचनाअनुसार आइतबारदेखि चैत ११ गतेसम्म दरखास्त दिन सकिनेछ ।

दरखास्तका लागि युवायुवतीदेखि दुधे बच्चा बोकेर समेत महानगरीय प्रहरी परिसर टेकुमा भीड देखिएको छ । चर्को घाममा उनीहरु दरखास्त बुझाउने लाइनमा देखिन्थे । सरकारले स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा १ लाख जना जनशक्ति माग गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्यअवधि बढीमा ४० दिन हुनेछ । उनीहरूको तलब नेपाल प्रहरीको जवान सरह हुनेछ । उनीहरूको आधारभूत तलब मासिक २२ हजार ६८० रुपैयाँ हुनेछ भने ४० दिनको कुल तलब बैंक खातामा ३० हजार २४० रुपैयाँ जम्मा गरिने छ ।

यस्तै खाद्यान्न बापत ७ हजार २०० र पोशाक तथा अन्य सामान खरिद गर्ने गरी ६ हजार थप भत्ता उपलब्ध गराइनेछ । यसबाहेक निर्वाचनको क्रममा खटिने म्यादी प्रहरीलाई खटिएको ठाउँमा आउने जाने तयारी स्वरूप १ हजारका लागि तयारी खर्च उपलब्ध गराइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै बीमा लगायतका सुविधा पनि हुनेछ ।रातो पाटि

२०७८ चैत्र ७, सोमबार ०४:०४ 0 Minutes 156 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।