२०७९ आश्विन २१
  • काठमाडौँ

श्रीमानलाई एयरपोर्टबाट लिएर गएकी मायादेवी पुग्न सकिनन् घर

बुटवल । विदेश गएको तीन वर्षपछि आफ्नो श्रीमानले फोन गरेर ‘म घर आउँदैछु । मलाई लिन एयरपोर्टसम्म आउनु । त्यसपछि सँगै घर जाउँला’ भन्दा कसको श्रीमतिलाई खुशी नलाग्ला ? रुपन्देहीको सूर्यपूरा टोलकी मायादेवी पाण्डेलाई पनि विदेशबाट श्रीमानले फोन गरेर ‘म घर आउँदैछु । एयरपोर्टसम्म लिन आउनु’ भनेपछि निकै हर्षित भइन् ।

त्यसपछि मायादेवीले ‘बाबु–नानीहरु, तिमीहरुको बाबा विदेशबाट आउँदै हुनुहुन्छ । म उहाँलाई लिन एयरपोर्टसम्म लिन जान्छु’ भनेपछि छोरा–छोरीको पनि खुशीको सीमा रहेन । नभन्दै गत फागुन ३० गते बाबालाई लिन आमा काठमाडौं हिँडिन् ।

यता, घरमा कतिखेर बाबा–आमा आइपुग्नुहुन्छ भनेर छोरा–छोरीले कुरिरहे । काठमाडौंबाट फोन गरेर आमाले ‘हामी हिड्यौं बाबु नानीहरु’ भनेपछि छोरा–छोरी थप हर्षित भए । तर, उनीहरुको त्यो खुशी धेरैबेर टिकेन । उनीहरुको त्यो खुशी क्ष`णभरमै रो`दन र चि`त्का`रमा परिणत भयो ।

पाण्डेको परिवारसहित सिंङ्गोे सूर्यपूरा गाउँमा स`न्नाटा छायो । विदेशबाट आएका श्रीमान र एयरपोर्टसम्म लिन गएकी श्रीमति ‘नाइट (रात्रि) बसमा आउँदैछन्’ भन्ने कुरा थाहा पाएका आफन्तजनले उज्यालो नहुँदै दुःखद् खबर सुन्नुप¥यो, कि ‘बस दु`र्घ`टनामा श्रीमान पाण्डेकै काखमा श्रीमति मायादेवीको मृ`त्यु भयो ।’

यो हृ`दयवि`दा`रक घ`ट`ना यहि चैत २ गते विहानको हो । काठमाडौंबाट बुटवलतर्फ आउँदै गरेको लु२ख ४३१९ नम्बरको नाइटबस चढेर कतारबाट आएका रुपन्देहीको दे`वद`ह नगरपालिका–३ सूर्यपूरा टोलका ४२ वर्षीय मणिराम पाण्डे र एयरपोर्टसम्म लिन गएकी ३८ वर्षीया श्रीमति मायादेवी पाण्डे घर आउँदै थिए ।

उनीहरु आफ्नो घर आइपुग्न करिब २ घण्टा बाँकी रहँदा पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको प्रगति नगर र लोकाह खोलाको बीच सडकमा बुटवलतर्फबाट आउँदै गरेको ना६ख १७२१ नम्बरको ट्रकसँग उनीहरु सवार बस विहान करिब साढे पाँच बजे एक आपसमा ठो`क्कि`एर दु`र्घ`ट`ना हुन पुग्यो ।

श्रीमानसहित उक्त बसमा सवार सबै यात्रुुहरु सकु`शल थिए तर, श्रीमति मायादेवीको भने श्रीमान कै काखमा मृ`त्यु भयो । श्रीमान पाण्डे भन्छन्, ‘ड्राइभरको पछाडिको सिटमा हामी बुढा–बुढी बसिरहेका थियौं । एक्कासि ट्रक बसमा ठो`क्किन पुग्यो । हाम्रो अगाडि बसेका ड्राइभरलाई केही भएन ।’

उनले थपे, ‘मलाई पनि सामान्य ध`क्का मात्रै लाग्यो । मेरो श्रीमतिलाई ता,केरै हाने जस्तो भयो । उनी मेरा काखमा ढलिन् । म आफै उनलाई बोकेर भरतपुरको सीएसी अस्पतालमा लगेको हुँ । त्यहाँ लगेपछि डाक्टरले मृ,त घोषणा गरे ।’ न्युज२४ बाट

२०७८ चैत्र ६, आईतवार २२:२२ 0 Minutes 293 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।