२०७९ आश्विन १४
  • काठमाडौँ

रौतहटमा दोहोरो झडप : काँग्रेस नगर सभापति र एमाले वडा अध्यक्षसहित ११ जना पक्राउ

रौतहटको देवाही गोनाही नगरपालिका-९ मा दुई पक्ष बीच झ`डप हुँदा पाँच जना घा`इते भएका छन् । पुरानो रिसिबीका कारण नेपाली काँग्रेसका नगर सभापति राम अयोध्या यादव र एमाले समर्थित वडा अध्यक्ष जगरनाथ यादव पक्षबीच झ`डप भएको हो ।

काँग्रेस पक्षका फेंकु यादवको श्रीमती अनर्वा देवी र एमाले पक्षका पुनीत रायकी श्रीमतीबीच शनिबार दिउँसो भनाभन हुँदै सुरु भएको विवाद दुई पक्षबीच झ`डपमा परिणत भएको थियो । झ`डपमा परेर वर्ष ६० का फेंकु यादव, ५८ वर्षीय रामबाबु यादव, ५५ वर्षीया अनर्वा देवी, चुनचुन यादव र २५ वर्षीय रवीन्द्र यादव घा`इते भएका छन् ।

घा`इ`ते मध्ये टाउकोमा चो`ट लागेका रामबाबु यादवको नेशनल मेडिकल कलेज वीरगन्ज र बाँकीको गरुडा स्थित विभिन्न अस्पतालमा उ`प`चार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताएका छन् ।

घ´टनामा सं´लग्न रहेको आ´रो´पमा नेपाली काँग्रेसका नगर सभापति राम अयोध्या यादव, वडा अध्यक्ष जगरनाथ यादवसहित दुवै पक्षका गरी ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोनाही गाउँमा थप घ´टना हुन नदिन व्या´पकरुपमा प्रहरी परिचालन गरिएको छ ।

राम अयोध्या यादव र जगरनाथ यादव पक्ष बीच शनिबार भएको झ´डपको क्रममा एउटा पक्षबाट केही राउन्ड गो´ली प्र´हा`र भएको कुरो आएको छ । त्यसबारे हालसम्म पुष्टि नभएको तथा थप अनुसन्धान भइरहेको डिएसपी भण्डारीले जानकारी दिएका छन् ।
रातोपाटी बाट

२०७८ चैत्र ६, आईतवार ०१:३७ 1 Minute 205 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।